Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसन्तान भेट्न आएका आमाबुवा बनभोजमा मस्त

सन्तान भेट्न आएका आमाबुवा बनभोजमा मस्त


ब्रिजवेन
शनिवार ब्रिजवेनको उत्तर पश्चिम भेगको रमणीय क्षेत्र समरसेट ड्याममा नेपाली बाआमाको टोलीले वनभोज मनाएका छन् ।
नेपालबाट आफ्ना छोराछोरी भेट्न आएका बाआमालाई गैरआवासिय नेपाली संघ कुइन्सल्याण्डले वनभोज लाने मेसो मिलाएको हो ।
वनभोजमा झण्डै ढेड सय अभिभावक सहभागी भएको संघले जनाएको छ । बनभोजमा सहभागीहरुले नाचगान र भजन किर्तन गरेर रमाइलो गरेका थिए । छोरा बुहारी भेट्न आएका लम्जुङका रामचन्द्र रेग्मीले बनभोज दशैतिहारभन्दा रमाइलो भएको बताए । ‘म र श्रीमती छोरा बुहारी भेट्न आएको ५ महिना भयो’- रेग्मीले भने- ‘घरमै बस्दाबस्दा पट्यार लागिसकेको थियो बनभोजले गर्दा फेरी नयाँ उमंग थपिदिएको छ ।’ 
त्यस्तै सुनसरीबाट सुत्केरी बुहारी भेट्न आएकी रामकुमारी न्यौपानेले विदेशमा पनि आफ्नै शैलीको दोहोरी र भजन गाएर रमाइलो गर्न पाउदा नेपाल नै पुगेको जस्तो भान भएको बताइन् ।
अर्का अभिभावक नारायण पोखरेलले सामुहिक रुपमा गरिएको यस्तो बनभोजले मेचीदेखि महाकालीसम्मका मानिस जमघट गरि एकताको सन्देश दिएको बताए ।

एनआरएनए कुइन्सल्याण्डले अभिभावकलाई खादा लगाएर सम्मान गर्दै
photo- Saral Gurung

वनभोज कार्यक्रममा एनआरएनए कुइन्सल्याण्डले अभिभावकलाई खादा लगाएर सम्मान र स्वागत गरेका थिए ।
नेपालबाट आफ्ना सन्तान भेट्न आएका अभिभावकका लागि गैरआवासिय नेपाली संघले हरेक राज्यमा बनभोजको आयोजना गर्दै आएको छ ।
कार्यक्रममा कुइन्सल्याण्ड संयोजक उमेश खड्काले हरेक दुइ वर्षमा गर्दै आएको वनभोज हरेक वर्ष गर्ने तयारी रहेको बताए ।
हाल अष्ट्रेलियामा ५० हजार नेपाली विद्यार्थी पढिरहेका छन् । ती मध्ये कुइन्सल्याण्डमा मात्रै १० हजारको हाराहारीमा नेपाली विद्यार्थीहरु छन् ।

 

अभिभावकको बनभोजका केही झलक

अभिभावकको बनभोज



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6