Sunday, 22 November 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ International ∕ ट्रम्पले खुलाए मध्यावधि चुनावमा हार्नुको कारण

ट्रम्पले खुलाए मध्यावधि चुनावमा हार्नुको कारण


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले पराजय बेहोर्नुका चार प्रमुख कारण खुलाएका छन्।

सिबिएस न्युजको कार्यक्रम ‘६० मिनेट’ लाई दिएको अन्तर्वार्तामा उनले इरान युद्ध, महँगी, इसराइलप्रतिको नकारात्मक धारणा र आप्रवासन नीतिमा गरिएको कडाइलाई हारको कारण बताएका हुन्।

ट्रम्पका अनुसार इरान युद्धका कारण पेट्रोलको मूल्य बढ्दा अमेरिकी मतदाता असन्तुष्ट बने। त्यस्तै, खाद्यान्न, पेट्रोल र दैनिक उपभोग्य वस्तुको महँगीले पनि मतदाताको समर्थन घटाएको उनको भनाइ छ।

अमेरिकामा इसराइलप्रति बढ्दो नकारात्मक धारणा र इरान युद्धमा उसको भूमिकालाई दिइएको समर्थनले पनि चुनावी परिणाम प्रभावित पारेको उनले बताएका छन्।

त्यसैगरी, आप्रवासन नियन्त्रणका क्रममा लामो समयदेखि अमेरिकामा बस्दै आएका र अपराधमा संलग्न नभएका आप्रवासीसमेत देशनिकाला गर्दा आफ्नो पार्टीलाई नोक्सान पुगेको ट्रम्पले स्वीकार गरेका छन्।

उनले अपराधमा संलग्न नभएका पुराना आप्रवासीलाई अमेरिकामै बस्न दिने विषयमा डेमोक्र्याटसँग सहमति गर्न सकिने संकेतसमेत गरेका छन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-11-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6