नेपालबाट हालै अष्ट्रेलियाको तास्मानिया आएका एक युवकमा कोरोना भाईरसको संक्रमण देखिएको छ । ती युवकको परिचय गोप्य राखिएको छ । २० वर्षका ती युवक गत फेव्रवरी २६ मा सिंगापुर र सिड्नी हुदै तास्मानिया पुगेका थिए । शनिवार ती युवकमा कोरोना संक्रमण भएको रिपोर्ट आएको हो । उनको रोयल होवार्ट अस्पतालमा आईसोलेसनमा राखेर उपचार भईरहेको छ । यससंगै तास्मानिया २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।
अटेर गरि काममा जादा समस्या बल्झियो
ति युवक नेपालबाट आउने बित्तिकै रुघा र ज्वरोको लक्षण देखिएको थियो । यात्राको थकानले होला भनेर सामान्य रुपमा लिएका युवक काममा फर्किएका थिए । उनी कलेज पनि पढ्न गएका थिए । तर, केही दिनपछि रुघा र ज्वरो बढ्दै गएपछि उनी परिक्षणका लागि अस्पताल पुगेका थिए । चिकित्सकले उनलाई परिक्षणको नतिजा नआउन्जेल सेल्फ आईसोलेसनमा बस्न निर्देशन दिएका थिए । तर, ती युवकले चिकित्सकको कुरा अटेर गरि काम र कलेज जाने क्रम जारी राखेका थिए । शनिवार कारोना संक्रमण पुष्टी भएपछि उनले पढ्ने कलेज र काम गर्ने होटलमा पनि सरेको हुनसक्ने भन्दै स्वास्थ्य अधिकारीहरुले अनुसन्धान सुरु गरेको एबिसीले जनाएको छ। उनीसंगै बस्ने चार जना र अन्य तीनजना साथीलाई १४ दिन क्वारेन्टिनमा राखिएको छ । यो घटनासंगै विदेशबाट आउनेलाई परिक्षण गरिने आधारहरु थप कडा बनाईने तास्मानिया सरकारले जनाएको छ ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist] SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6
तपाईको प्रतिक्रिया