Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा ४० प्रतिशत नेपाली महिलामाथी हिं सा

अष्ट्रेलियामा ४० प्रतिशत नेपाली महिलामाथी हिं सा


सरल गुरुङ/ब्रिजवेन

अष्ट्रेलियामा नेपाली समुदायको आकार बढेसंगै विभिन्न सामाजिक समस्याहरु समेत आकासिन थालेको छ । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर ब्रिजवेनमा कार्यरत नेपालीमूलकी कानुन व्यवसायी बुनु गौतमले सार्वजनिक गर्नु भएको कार्यपत्रका अनुसार अष्ट्रेलियामा ४० प्रतिशत नेपाली महिलाले भावानात्मक हिं सा भोग्नु परेको देखाएको छ ।
गैर आवासिय नेपाली संघको महिला फोरम नारी निकुञ्जले ब्रिजवेनमा पहिलो पटक अन्तराष्ट्रिय नारी दिवस मनाएको हो । ओईवल हाईट्सस्थित सामुदायिक भवनमा आईतबार साझ भएको नारी दिवसको कार्यक्रममा महिला हिं साको अवस्था बारे कानुन व्यवसायी बुनु गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा गौतमले सन् २०१४ मा भएको एक अध्ययनका निष्कर्शलाई आधारका रुपमा प्रस्तुत गरेका छन् । सन् २०१४ यता पछिल्लो ६ वर्षमा नेपालीको जनसंख्या पनि बढेकाले हिं साको अवस्थामा पनि हेरफेर हुनसक्ने गौतमको भनाई छ । हाल अष्ट्रेलियामा झण्डै ढेड लाख नेपाली बसोबास गर्छन् ।

कानुन व्यवसायी बुनु गाैतमद्वारा प्रस्तुत कार्यपत्रकाे एक अंश

अष्ट्रेलियाभर ८५ प्रतिशत महिला याैन हिंसाबाट पीडित

सन् २०१७ मा अष्ट्रेलियाको तथ्यांक विभागले सार्वजनिक गरेको तथ्याकं अनुसार यहाँका ८५ प्रतिशत महिलाले यौ’न हिं सा भोग्ने गरेको पाईएको छ ।
गौतमकै कार्यपत्रमा समावेश गरिएको विवरण अनुसार ५ महिला मध्ये एक जनाले १५ वर्षको उमेर देखि नै यौ’न हिं सा भोग्ने गरेका छन् ।
त्यस्तै ४० प्रतिशत महिलाले छट्टिएर बस्दा समेत आफ्ना पार्टनरबाट हिं सा भोग्ने गरेका छन् । त्यसको उदाहरणको रुपमा दुई हप्ताअघि ब्रिजवेनमा छुट्टिएर बसेका पुर्व श्रीमानबाट एक महिला र उनकी तीन नाबालक सन्तानको ह त्या भएको छ ।

हिं सामा परेका महिलाले तत्कालै कानुनी सहायता लिन गौतमले सबैलाई आग्रह गरिन् । ‘हिं साले डरलाग्दो रुप लिएर शारिरीक र मानसिक यात’ना भोग्न पहिले नै कानुनी सहायता लिनु बुद्धिमानी हुन्छ’- कानुन व्यवसायी गौतमले भने ।
कार्यक्रममा संचारकर्मी मनिला सुवेदीले कार्यस्थलमा आफुले भागेको यौ’न उत्पी’डनका बारेमा मन्तव्य दिएकी थिईन् । उनले सबै नारीहरुले आफुमाथी भएको हिं सा बारे खुलेर आवाज उठाउनु पर्ने बताईन् ।
त्यस्तै कार्यक्रममा नारी निकुञ्ज कुईन्सल्याईण्डकी संयोजक सुनिता श्रेष्ठले महिलाहरुको शसक्तिकरण र उत्थानका लागि निकुञ्ज सधै अगाडी रहेको बताईन् । कार्यक्रममा पत्रकार सरल गुरुङले बनाएको नारी निकुञ्जको १० वर्ष यात्रा सम्बन्धी वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा एनआरएनए कुईन्सल्याण्डका संयोजक उमेश खड्काले महिला शसक्तीकरण घरभित्रैबाट सुरु गर्न सबैलाई आग्रह गरे ।

कार्यस्थलमा आफुमाथी भएकाे हिं सा बारे बाेल्दै संचारकर्मी मनिला सुबेदी



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6