Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपाल १५ अप्रिलसम्म थप लकडाउन

नेपाल १५ अप्रिलसम्म थप लकडाउन


काठमाडौ
कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले लक डाउनको समय थप गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले अप्रिल १५ सम्म नेपाल लक डाउन गर्ने निर्णय गरेको हो ।
गत शनिबार एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेपछि नेपालमा कोरोनाको जोखिम दोस्रो तहमा प्रवेश गरेको छ । जसका कारण सरकारले लक डाउनलाई थप कडाई गरेको हो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो ।
यसअघि सरकारले मार्च ११ बाट पहिलो पटक लकडाउन गरेको थियो । त्यसको एक साता पछि लक डाउनको समय थप गरिएको थियो । दोस्रो पटकको समयसिमा मंगलबार सकिनैलाग्दा सरकारले फेरी लकडाउनको समय थप गरेको हो ।
हालसम्म नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन्। एक जना उपचार पछि फर्किसकेका छन् भने ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ।
निजि डाक्टरलाई पनि सरकारी सुविधा
यस्तै सरकारले सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी अस्पतालहरुमा आएर काम गर्न इच्छुक निजी डाक्टरहरुलाई पनि सरकारी डाक्टरहरु सरह सेवा सुविधा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले निजी क्षेत्रका डाक्टरहरु सरकारी अस्पतालमा आएमा सम्बन्धित तहअनुसार मिलान गरेर कामको अवसर दिने निर्णय गरेको हो । कोरोनासंग लड्नका लागि सरकारले यस्तो निर्णय लिएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6