Sunday, 25 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ कोरोना नियम तोडेर कारवाहीमा परेका अष्ट्रेलियाका मन्त्रीद्वारा राजिनामा

कोरोना नियम तोडेर कारवाहीमा परेका अष्ट्रेलियाका मन्त्रीद्वारा राजिनामा


सिड्नी

कोरोना भाईरस नियन्त्रणको प्रतिब’न्ध उल्लघंन गरेर कारवाहीमा परेका एक मन्त्रीले राजिनामा दिएका छन् ।
न्यु साउथ वेल्स राज्यका कलामन्त्री डन हार्विनलाई नियम तोडेको आरोपमा प्रहरीले १ हजार डलर जरिवाना तिराएको थियो । त्यसको २४ घण्टा पनि नबित्दै ती मन्त्रीले राजिनामा दिएका हुन् ।
राजिनामापछि जारी विज्ञप्तीले उनले भनेका छन् – ‘मैले नियम तोडेको छैन, तर यो विषम घडीमा मेरो कारणले सरकारको ध्यान अन्यत्र नमोडियोस् भनेर राजिनामा दिएको छु ।’
मन्त्री हार्विन सेन्ट्रल कोष्टको आफ्नो होलिडे हाउसमा बस्न गएका थिए । न्यु साउथ वेल्स राज्यले भाईरस फैलन नदिन, सबै नागरिकलाई शहरी क्षेत्रबाट ग्रामिण भेगमा यात्रा नगर्न र नबस्न निर्देशन दिएको छ ।
तर, यो नियमको उल्लघंन गर्दै मन्त्री हार्विन भने आफ्नो पर्ल विचको घरमा बस्न गएका थिए ।
गत बुधवार मन्त्री हार्विन होलिडे घरमा बसिरहेको फोटो सामाजिक संजालमा सार्वजनिक भएको थियो । त्यसपछि
बिहिबार उनी पर्लविचबाट सिड्नी फर्किएपछि प्रहरीले जरिवाना तिराएको हो ।  photo- Harwin facebook

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-25' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6