Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsकोरोना नियम तोडेर कारवाहीमा परेका अष्ट्रेलियाका मन्त्रीद्वारा राजिनामा

कोरोना नियम तोडेर कारवाहीमा परेका अष्ट्रेलियाका मन्त्रीद्वारा राजिनामा


सिड्नी

कोरोना भाईरस नियन्त्रणको प्रतिब’न्ध उल्लघंन गरेर कारवाहीमा परेका एक मन्त्रीले राजिनामा दिएका छन् ।
न्यु साउथ वेल्स राज्यका कलामन्त्री डन हार्विनलाई नियम तोडेको आरोपमा प्रहरीले १ हजार डलर जरिवाना तिराएको थियो । त्यसको २४ घण्टा पनि नबित्दै ती मन्त्रीले राजिनामा दिएका हुन् ।
राजिनामापछि जारी विज्ञप्तीले उनले भनेका छन् – ‘मैले नियम तोडेको छैन, तर यो विषम घडीमा मेरो कारणले सरकारको ध्यान अन्यत्र नमोडियोस् भनेर राजिनामा दिएको छु ।’
मन्त्री हार्विन सेन्ट्रल कोष्टको आफ्नो होलिडे हाउसमा बस्न गएका थिए । न्यु साउथ वेल्स राज्यले भाईरस फैलन नदिन, सबै नागरिकलाई शहरी क्षेत्रबाट ग्रामिण भेगमा यात्रा नगर्न र नबस्न निर्देशन दिएको छ ।
तर, यो नियमको उल्लघंन गर्दै मन्त्री हार्विन भने आफ्नो पर्ल विचको घरमा बस्न गएका थिए ।
गत बुधवार मन्त्री हार्विन होलिडे घरमा बसिरहेको फोटो सामाजिक संजालमा सार्वजनिक भएको थियो । त्यसपछि
बिहिबार उनी पर्लविचबाट सिड्नी फर्किएपछि प्रहरीले जरिवाना तिराएको हो ।  photo- Harwin facebook

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6