Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा सेल्फ आइसोलेसन तोडेर गलफ्रेण्ड भेट्न गएका युवकलाई जेल सजाय

अष्ट्रेलियामा सेल्फ आइसोलेसन तोडेर गलफ्रेण्ड भेट्न गएका युवकलाई जेल सजाय


व्रिजवेन

कोरोनाको सेल्फ आइसोलेसन तोड्दा अष्ट्रेलियाको पर्थमा एक युवकलाई जेल सजाय भएको छ । आइसोलेसन तोड्न जेल जानु परेको अष्ट्रेलियामा यो पहिलो घटना हो ।

पर्थ एक होटलमा आइसोलेसनमा बसिरहेको समयमा यी युवकले पटक पटक होटलको ढोका तोडेर केटी साथी गलफ्रेण्ड भेटन गएका थिए । बुधबार वेष्टर्न अष्ट्रेलियाको अदालतले जोनाथन डेभिड नाम गरेका ती युवकलाई साढे ६ महिना जेल सजाय सुनाएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । उनले एक महिना जेल बसेर बाकी समयकोलागि २ हजार डलर जरिवाना तिर्न सक्नेछन् । उनको कामलाई सरकारी वकिलले स्वार्थी र अतिवादको रुपमा अदालतमा चित्रण गरेका थिए । कोेरोना नियन्त्रण गर्न बनेको वेष्टर्न अष्ट्रेलियाको नया नियम अनुसार १२ महिना जेल र ५० हजार डलरसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।
भिक्टोरियाका ३५ वर्षिय यी युवक मार्चको अन्तिम साता पर्थ पुगेका थिए । स्थानिय नियम अनुसार उनी १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नु पर्थ्यो । त्यसैले सुरक्षाकर्मीको निगरानीमा पर्थको एक होटलमा उनलाई सेल्फ क्वारेन्टिनमा राखिएको थियो ।
तर, नियमको उल्लघंन गर्दै ती युवक होटलको फायर एक्जिट डोर फोडेर गलफ्रेण्ड भेट्न गएका थिए । उनी अप्रिल १३ सम्म सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने थियो । ती युवक होटलबाट निस्केर सार्वजनिक बस चढेर महानगरपालिकाकै अर्को स्थान पुगी गलफ्रेड भेटेर पुन लुसुक्क होटलमा फर्किएका थिए । उनलाई नियम नमानेको आरोपमा प्रहरीले हिरासतमा लिएको थियो ।

Photo-Supreme Court of Western Australia



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6