Sunday, 25 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ वेलायतले पनि सुरु गर्यो कोरोना प्रतिरोधी खोपको मानव परिक्षण

वेलायतले पनि सुरु गर्यो कोरोना प्रतिरोधी खोपको मानव परिक्षण


सिड्नी

कोरोना भाईरस विरुद्धको लडाईमा वेलायत पनि अग्रपंतिमा देखिएको छ । वेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोरोना प्रतिरोधी खोपको मानव परिक्षण सुरु गरेको हो ।
वेलायतमा खोपको नमुना पहिलो पटक दुई जना स्वयमसेवीको शरिरमा लगाईएको छ ।
खोप लगाएकी एक स्वयमसेवी भने वैज्ञानिक हुन् । ती स्वमसेवीले भनिन् – ‘म वैज्ञानिक हु । त्यसैले यो वैज्ञानिक परिक्षणमा म जहाँ रहेर पनि साथ दिन चाहान्छु ।’

परिक्षणका लागि ८ सयभन्दा बढी स्वयमसेवी नियुक्त गरिएको छ । यी मध्ये आधालाई कोरोना विरुद्धको खोप र अन्यलाई मेनन्नजाईटिस विरुद्धको खोप लगाईने बिबिसीले जनाएको छ ।
स्वयमसेवीलाई आफुले कुन चाहि खोप लगाईरहेको छु भन्ने थाहा हुदैन ।तर चिकित्सकहरुले भने त्यसको निगरानी गरिरहेको हुनेछन् ।
यो खोप निर्माणमा अक्सफोर्डका वैज्ञानिकहरुको समुहले ३ महिना खर्च गरेको छ ।
खोप अनुसन्धानका एक वैज्ञानिक सारा गिलवर्टले आफु यो खोप सफल हुनेमा आफु निकै हदसम्म ढुक्क रहेको बताउनुभयो ।

यो खोप चिपाङजिलाई लाग्ने सामान्य रुघाको कमजोर तह प्रयोग गरि बनाईएको बिबिसीले जनाएको छ । यो तहलाई मानव शरिर बृद्धी नहुने गरि परिमार्जन गरिएको छ ।
खोपको प्रयोगपछि संक्रमणको दर घटेमा यसले काम गरेको प्रमाणित हुनेछ । आगामी महिना थप ५ हजार स्वयमसेवीमा यो खोपको परिक्षण गरिनेछ ।
यस अघि अमेरिकाले पनि कोरोना खोपको मानव परिक्षण गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-25' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6