Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविदेशमा अलपत्र परेका नागरिकको उद्धार तथा स्वदेश फिर्ताको गृहकार्य, तत्काल कुनै समस्या भए नेपाली नियोगमा सम्पर्क गर्न आग्रह

विदेशमा अलपत्र परेका नागरिकको उद्धार तथा स्वदेश फिर्ताको गृहकार्य, तत्काल कुनै समस्या भए नेपाली नियोगमा सम्पर्क गर्न आग्रह


काठमाडौ । सरकारले कोभिड–१९ कोरोनाका कारण शिक्षा तथा रोजगारीका गन्तब्य मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने गृहकार्यलाई तिब्रता दिएको छ । ठूलो सङ्ख्यामा नेपालीलाई एकसाथ स्वदेश फर्काउन ठूलै स्रोत साधनको आवश्यकता पर्ने भन्दै सरकारले विभिन्न कारणले अलपत्र परेका, बिरामी तथा अशक्त व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर उद्धार गर्ने रणनीति अघि बढाएको हो ।

बीसौँ लाख नेपाली आप्रवासी श्रमिक खाडी, मलेसिया तथा अन्य मुलुकमा रहेको तथा युरोप, अमेरिका,अस्ट्रेलियामा समेत लाखौँको संख्यामा नेपालीहरु भएका कारण एक्कै पटक सबैलाई स्वदेश फर्काउन सम्भव नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताउनुभयो । विदेशमा रहेका नेपालीलाई तत्कालका लागि जहाँ भए पनि सुरक्षित बस्न आग्रह गर्दै उहाँले देशको अवस्था र कठिन परिस्थितिलाई बुझेर आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गर्नुभयो । कतिपय गन्तव्य मुलुकले कोभिड–१९ बाट प्रभावित आप्रवासी श्रमिकलाई राहतका कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै मन्त्री यादवले दूतावासमार्फत ती कार्यक्रमको जानकारी लिई लाभ लिन अनुरोध गर्नुभएको छ ।

तत्काललै कोही समस्यामा परे विदेशमा रहेका नेपाली सङ्घसंस्था तथा व्यक्ति विशेषलाई दुःखमा परेका र अलपत्र भएका नेपालीलाई मानवीय सहायता उपलब्ध गराउन सरकारले अपिल गरेको छ । रोजगारी, बसोबास र खानपानमा समस्या ब्यहोर्नुपेरेका नेपालीको पहिचान गरेर फिर्ता गर्न र नेपाल आइसकेपछि क्वारेन्टाइनमा राख्ने लगायतको व्यवस्थापनका लागी अहिले सरकारले गृहकार्य गरिरहेको छ । गन्तव्य मुलुकमा रहँदा कोरोना भाइरस सङ्क्रमणको चपेटामा परेका नागरिकको उचित स्वास्थ्योपचारका लागि कूटनीतिक पहल जारी राखेको दाबी गर्ने सरकारले आफ्ना नागरिकको हकहित र सुरक्षामा गम्भिर रहेको जनाएको छ ।

बुधबार मात्रै पनि विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्दै मन्त्री यादवले अलपत्र नागरिकलाई स्वदेश फर्काउने विषयमा गम्भीरताका साथ अध्ययन भइरहेको जानकारी गराउँदै रोजीरोटी गुमाएर खर्चको अभावमा र अन्य कारणले खान बस्नको समस्यामा परेमा नागरिकलाई सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगमा सम्पर्क गर्न आग्रह गर्नुभएको थियो । कठिन अवस्थामा पनि विचलित नभई उच्च मनोबलका साथ आफ्ना आफन्तजन तथा नेपाली दूतावासमा आफ्नो अवस्थाका सम्बन्धमा नियमित सम्पर्कमा रहन मन्त्री यादवले सबैलाई अपिल गर्नुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6