Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नी घटनामा संस्थाको बदनाम गरेको एनआरएनएको ठहर

सिड्नी घटनामा संस्थाको बदनाम गरेको एनआरएनएको ठहर

सिड्नी घटनाकाे यथार्थ यस्ताे छ ।


ब्रिजवेन
गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले सिड्नीको रकडेलमा केही दिन अघि नेपाली युवतीको रहस्यमय तरिकाले ज्यान गएको घटनामा आफ्नो र आफ्ना स्वयंसेवकको अपहेलना भएको ठहर गरेको छ ।
संघका प्रवक्ता नन्द गुरुङले जारी गरेको विज्ञप्तीमा भनिएको छ-‘सिड्नीमा एक नेपाली युवतीको मृत्यु भएको घटनामा एनआरएन अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिले राहत उपलब्ध नगराएको भन्ने आशय जोडी विनाप्रसंग संस्थालाई बदनाम गर्न खोजीएको आरोप लगाएका छन् । विज्ञप्तीमा एक अनलाईन माध्यममा घटना लगत्तै यस्तो आशयको समाचार आएको भन्दै त्यसको भत्सर्ना गरिएको हो ।
यस्तो समाचारले संस्थाको छविमा आँच आउने, जनमानसमा भ्रम सृजना गर्ने तथा कोरोनाको महामारीमा राहत वितरण गर्न खटिएका स्वयंसेवकलाई निराश बनाउने भन्दै समाचार सच्याउन समेत माग गरिएको छ। मृतक युवतीलाई राहतका लागि टेलिफोनमार्फत सम्पर्क गर्न खोज्दा समेत सम्पर्क हुन नसकेको समेत दाबी गरिएको छ । घटना लगत्तै सिड्नीबाट प्रकाशित हुने एक नेपाली अनलाईन पोर्टलले यस्तो व्यहोराको समाचार प्रकाशन गरेको थियो ।

एनआरएनए अष्ट्रेलियाले यसबारे अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन एन्जामा समेत उजुरी गरेको छ । एन्जाकै मध्यस्थतामा उक्त मिडियाका पदाधिकारीसंग घटना बारे जानकारी लिने प्रकृया सुरु भएको एन्जाका अध्यक्ष हेमन्त काफ्लेले जानकारी दिनुभयो । त्यस्तै एन्जाले समाचारका विषय भएकाले यसलाई अन्य कानुनी बाटोबाट भन्दा पत्रकारिताकै मार्गबाट टुंग्याउन एनआरएनएलाई आग्रह गरेको छ ।

एनआरएन अष्ट्रेलियाले करिब २ सय भन्दा बढी स्वयंसेवकमार्फत ९ सयभन्दा बढी विद्यार्थीहरुलाई निःशुल्क खाना वितरण गर्ने कार्य गरिरहेको छ ।

के भएको थियो रकडेलमा

गत मे ७ तारिखमा सिड्नीको रकडेलमा एक नेपाली युवती आफ्नै कोठामा मृत भेटिएकी थिईन् । मृतक युवतीको स्थाई घर झापा रहेको बुझिएको छ ।
आफ्नो श्रीमानसँग बसोबास गर्दै आएकी ती विद्यार्थीको कोठाको दराजमा पासो लगाएको अवस्थामा भेटिएको थियो । प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको छ । मृतकको शवको पोष्टमर्टम भईरहेको छ । मृत्युको कारण के हो भन्ने विषयमा खुलिसकेको छैन । यस्तो अवस्थामा परिवारका केही सदस्यहरुले उनको मृत्यु रहस्यमय भएको भन्दै निष्पक्ष छानविनको समेत माग गरिरहेका छन् ।

यस्ताे छ विज्ञप्ती

Photo of opera house- Sydney opera house



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6