Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaजागिर लगाइदिन्छु भन्दै, यौन दुर्व्यवहार गर्ने नेपाली युवक सिड्नीमा पक्राउ

जागिर लगाइदिन्छु भन्दै, यौन दुर्व्यवहार गर्ने नेपाली युवक सिड्नीमा पक्राउ

विज्ञापनको जाच गर्नुपर्छ


सिड्नी
फेसबुकमा फेक एकाउन्ट खोलि जागिर लगाइदिने प्रलोभनमा पारेर युवतीमाथी यौन दुर्व्यवहार गरेको आरोपमा अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवक पक्राउ परेका छन् ।
न्यु साउथ वेल्स राज्यको प्रहरीले जारी गरेको विज्ञप्ती अनुसार २५ वर्षका ती युवकले फेसबुकमार्फत जागिर लगाइदिने बाचा गरेका थिए । १८ वर्षका ती युवती पनि नेपालीमुलकै भएको बुझिएको छ ।
जागिरको अन्तरवार्ताका लागि भन्दै ती युवकले युवतीलाई सिड्नीको अलवा रेलवे स्टेसन नजिकै बोलाएको प्रहरीको भनाई छ । संक्षिप्त कुराकानी पनि युवकले युवतीलाई कारभित्र बस्न आग्रह गरेको र भित्र पसेपछि ती युवकले यौन दुर्व्यवहार गर्न थालेको प्रहरीको भनाई छ । त्यसपछि अत्तालिएर ती युवती गाडीबाट भागेर प्रहरीको शरणमा पुगेकी थिईन् ।
घटनास्थल नजिकै हर्जविलमा बस्दै आएका ती युवकलाई प्रहरीले झण्डै एक महिनाको अनुसन्धानपछि गत अप्रिल २४ तारिखमा पक्राउ गरेको हो । कोग्रा प्रहरी चौकीको हिरासतमा राखिएको ती युवकविरुद्ध प्रहरीले कसैको अनुमति बिना यौन व्यवहार गरेको आरोप लगाएको छ । पारामाटाको स्थानिय अदालतले युवकलाई जमानत दिन अस्विकार गरेको थियो ।

अष्ट्रेलियामा नया आएका नेपाली विद्यार्थीले जागिरका लागि फेसबुक लगायत सामाजिक संजालमा आएका विज्ञापनको भर पर्ने गरेका छन् । सामाजिक संजालमा विभिन्न ग्रुप बनाएर जागिरका नाममा विद्यार्थीको व्यक्तिगत विवरण संकलन गर्ने क्रम समेत बढेको छ ।
पासपोर्ट, भिसा, फोन नम्बर र एटिएम कार्ड नम्बरको विवरण लिएर दुरुपयोग गर्ने क्रम पनि देख्न पाइन्छ ।
फेसबुकमा असरल्ल आउने त्यस्ता विज्ञापनबाट सचेत रहन कानुन व्यवसायी बुनु गौतम नया विद्यार्थीलाई सुझाव दिनुहुन्छ । ‘फेसबुकका सबै विज्ञापन गलत हुन्छन् भन्ने होइन तर, त्यस्ता विज्ञापनको सत्यता जाच गर्नुपर्छ’- गौतमले भन्नुभयो -‘आफ्नो व्यक्तिगत विवरण पठाउनुभन्दा अघि आफ्ना साथीभाई, इष्टमित्र वा अन्य भरपर्दो माध्यमबाट विज्ञापनदाताको जाच गर्नुपर्छ ।’



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6