Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचीनको सहयोग, नेपाली सेनालाई मेडिकल सामाग्री

चीनको सहयोग, नेपाली सेनालाई मेडिकल सामाग्री


काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सबाट नेपाल ल्याइएको मेडिकल सामाग्री नेपाली सेनालाई हस्तान्तरण गरिएको छ । जंगी अड्डमा आयोजित एक कार्यक्रममा चीनिया राजदुत होउ यान्छीले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई मेडिकल सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

नेपाल सरकार उपप्रधान मन्त्री स्तरको मिति बैशाख ३१ गतेको निर्णय अनुसार मित्रराष्ट्र चीनबाट नेपाली सेनालाई सहयोग स्वरुप प्राप्त भएको कोभिड १९ को प्रतिकार्यमा आवश्यक पर्ने मेडिकल सामाग्रीहरु नेपाली सेनाले पाएको हो । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले मेडिकल सामाग्री बुझ्दै सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका छन् । कोभिड १९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षामा यी सामाग्री प्रयोग हुनेछन् ।

चीनले सहयोग स्वरुप पठाएको स्वास्थ्य सामाग्रीको परिणाम नखुलाईएपनि मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका सामाग्री रहेको पाइएको छ । यसअघि चीन सरकारले नेपाल सरकारलाई समेत विभिन्न मेडिकल सामाग्री सहयोग स्वरुप पठाएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6