Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ कोरोनाका कारण १३ देशमा ११७ नेपालीले ज्यान गुमाए, साँढे १२ हजार बढी संक्रमित

कोरोनाका कारण १३ देशमा ११७ नेपालीले ज्यान गुमाए, साँढे १२ हजार बढी संक्रमित


काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को महामारीका कारण विश्वभर ज्यान गुमाउने नेपालीको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार आइतबार विहानसम्म नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित हुँदा १ सय १७ जनाको ज्यान गएको हो ।

संक्रमितमध्ये ४ हजारभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको एनआरएनएको आँकडा छ । एनआरएनए स्वास्थ्य समितिका अनुसार यो हप्ता मात्रै युएईमा ९, साउदी अरेबियामा ५, बेलायतमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जनाको ज्यान गएको छ । सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीको मृत्यु हुँदा संयुक्त अरब इमिरेट्समा १८ जना, अमेरिकामा १६ जना र साउदी अरेबियामा ७ जनाको ज्यान गएको छ । नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको एनआरएनएको तथ्यांक छ । मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको तथा ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको पाइएको छ ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकहरूको समूहले तयार पारेको आँकडाअनुसार १३ देशमा गैरआवासीय नेपालीहरूको ज्यान गएको छ भने बाँकी ३३ देशका नेपालीमा कोरोना भाइरस (कोभिड १९को संक्रमण पहिचान भएको छ । एनआरएनएका अनुसार अत्याधिक कोरोना प्रभावित देशहरुमध्ये बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर कम हुँदै जादा मध्यपूर्वका देशहरुमा बढ्दो क्रममा देखिएको छ ।

चीनबाट शुरु भएको कोरोना भाइरसबिरुद्ध लड्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको छ । संघले स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिला लगायतका उपसमितिको गठन गरि विश्वव्यापी रुपमा आफ्नो संजाललाई कोरोना पिडितको राहत लगायतको सहयोगमा परिचालित गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6