Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsथप महामारीको आँकलन : आइसोलेसन र स्वास्थ्य पूर्वाधार ब्यवस्थापनमा जुट्दै सरकार

थप महामारीको आँकलन : आइसोलेसन र स्वास्थ्य पूर्वाधार ब्यवस्थापनमा जुट्दै सरकार


पुण्यप्रसाद धमला, काठमाडौं । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्न थालेसँगै विभिन्न प्रदेशहरु अस्पताल र स्वास्थ्य पूर्वाधार थप्ने तयारीमा जुटेका छन् । देशमा कोरोनाको महामारी थप बढ्ने आँकलन गरिदैगर्दा प्रदेश नम्बर १, २ र पाँचले निर्णय नै गरेर आइसोलेसन लगायतका स्वास्थ्य पूर्वाधार थप्ने निर्णय गरेका छन भने अन्य प्रदेश जोखिमको आधारमा पूर्वाधार बढाउने गरि तयारीमा देखिएका छन् ।

प्रदेश एकमा ८ सय ५० आइसोलेसन बेड थपिदै

प्रदेश १ सरकारको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिले बलात्कार आरोपमा पक्राउ परेका विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरी (सिद्धबाबा)ले प्रयोग गर्दै आएको चतरास्थित जगतगुरु श्रीरामानन्दाचार्य सेवापीठको अतिथी गृहमा २ सय शैयाको अस्थायी बनाउने निर्णय गरेको छ । संक्रमित बढ्न थालेपछि झापा, सुनसरी र मोरङमा अस्पताल थप्ने तयारी सुरु भएको छ । विराटनगरमा थप १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामानन्दाचार्य सेवापीठको भवन, नेपाली सेनाको इटहरी ब्यारेकमा गरी जम्मा ८ सय ५० बेड राख्ने तयारी सहित केही स्थानमा व्यवस्थापनको काम सुरु भएको छ ।

प्रदेश १ मा हाल सुनसरीको धरानमा १ सय शैया र मोरङको विराटनगरमा ५० शैयाको आइसोलेसनमा कोरोना संक्रमितको उपचार भैरहेको छ । धरानको अस्पताल भने लेभल ३ को (गम्भिर प्रकृतिको उपचार गर्ने) अस्पताल हो । धरानमा ११ भेण्टिलेटर, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ३ वटा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८ वटा भण्टिलेटर कोरोना बिरामीका लागि तयारी अवस्थामा राखिएको छ । धरानमा भने भेन्टिलेटर संख्या बढाएर २० पुर्याउनेगरी तयारी भैरहेको छ । धरानमा ५ वटा आईसीयू बेड रहेकोमा आवश्यकता अनुसार थप्ने तयारी प्रदेश सरकारको छ । छन् । विराटनगरको ५० शैयाको कोभिड १९ उपचार केन्द्रमा १० वटा आईसीयू बेड छन् । अवस्था अनुसार कोशीमा ७० वटासम्म बेड थप गक्नेगरी तयारी भैरहेको छ ।

प्रदेश १ मा भारतबाट तत्काल २० हजार फर्कने अनुमान गरिएको छ । भारतबाट आएकाहरुलाई राख्न ईलाम, झापा, मोरङमा र सुनसरीमा १५ हजारलाई राख्ने होल्डिङ एरिया निर्माण भैरहेको छ । नेपाल प्रवेश गरेकालाई क्वारेन्टाइनमा राख्न स्थानीय तहहरुले पनि क्वारेन्टाइनको व्यवस्था गरिरहेका छन् ।

प्रदेश २ मा ३०५ आइसोलेसन बेड थप्ने निर्णय

प्रदेश २ सरकारले कोरोना संक्रमितको संख्या थप बढ्नै आँकलन सहित थप ३०५ आइसोलेसन बेड तयार गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय निर्देशन एवम् समन्वय समितिले यसअघि नै आइसोलेसन बेड थप्ने निर्णय गरेको छ ।

सिरहा अस्पतालमा ५० बेड, सिरहा अस्पताल मातहतमा रहने गरी महेन्द्र गेनाइ अस्पतालमा ३० बेड, रौतहटको गौर अस्पतालको मातहतमा रहने गरी गौर नरसिंह इनस्टिच्युटमा ३० बेड, पोखरिया अस्पताल पर्सामा २५ बेड, सप्तरीको भारदह अस्पतालमा ५० बेड, सर्लाहीको मलंगवा अस्पतालको मातहतमा रहने गरि अन्त अल्पमाई रामनारायण यादव नर्सिंग कलेजमा २५ बेड, सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको मातहतमा रहने गरी साइकृष्ण मेडिकल हातामा ५० बेड र महोत्तरीको बर्दीवास अस्पतालमा ५० बेड थप गर्ने निर्णय गरेर पूर्वाधार व्यवस्थापनको काम भैरहेको छ । प्रदेश २ मा हाल ४ सय ४७ आइसोलेसन बेड सुविधा छ ।

प्रदेश पाँचमा २५० आइसोलेसन बेड थपिदै

कोरोना संक्रमित बिरामी दिनहुँ बढेसँगै प्रदेश ५ सरकारले थप २ सय ५० आइसोलेसन बेड बनाउने निर्णय गरेर पूर्वाधार विकाशको काम सुरु गरेको छ । प्रदेश मन्त्रिपरिषदको निर्णय अनुसार तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन बेड थपिने भएका हुन् ।

पीसीआर परीक्षणमा पोजेटिभ देखिएका र कोभिड १९ को लक्षण देखिएका बिरामीलाई राखिने आइसोलेसन केन्द्र बनाउन प्रदेश कोभिड कोषबाट रकम गर्ने तयारी भैरहेको छ । थप निर्माण र सम्भव भएसम्म भएका स्वास्थ्य केन्द्र अस्पतालमा आइसोलेसन थप्नेगरि काम सुरु गरिएको प्रदेश सरकारले जनाएको छ । प्रदेश पाँच पछिल्लो समय कोरोनाको हट स्पट बनिरहेको छ ।

यस्तै, कोरोनाका संक्रमित पहिचान हुने र समुदायस्तरमा सर्ने क्रम बढेसँगै बागमती प्रदेशले ४ सय ७३ आइसोलेसन बेड पुर्याउने गरी पूर्वाधार ब्यवस्थापन सुरु गरेको छ । करिब ४२ लाख जनसंख्या रहेको काठमाडौं उपत्यकामा सुविधा र पूर्वाधारयुक्त अस्पतालको संख्या धेरै भएपनि कोरोना उपचारका लागि छुट्याइएको आइसोलेसन बेड संख्या १ सय ९७ मात्रै छ । गण्डकी प्रदेश पनि १ सय १९ आइसोलेसन बेडलाई बढाउने गृहकार्यमा छ ।

२ सय १० आइसोलेसन बेड रहेको कर्णाली र १ सय ३९ आइसोलेसन बेड सुविधा रहेको सुदुर पश्चिम प्रदेशमा समेत भएको आइसोलेसनलाई बेवस्थित गर्ने र आवश्यकता अनुसार बेड संख्या बढाउने बारे बहस सुरु भएको छ । नेपालमा कमजोर स्वास्थ्य पूर्वाधार भएका कारण कोरोना समूदायस्तरमा फैलिएको अवस्थामा नियन्त्रण बाहिर जाने र देशभर गम्भिर स्वास्थ्य संकट देखापर्नेतर्फ स्वास्थ्यकर्मी, लगायतका सरुवा रोग विशेषज्ञहरुले सचेत गराउँदै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6