Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalअमेरिकामा रगंभेदी आन्दोलनको राप, नक्कली नाेट बन्याे कारक

अमेरिकामा रगंभेदी आन्दोलनको राप, नक्कली नाेट बन्याे कारक


गणेश थापा/क्यालिफोर्निया

कोरोना भाइरसको संक्रमणका कारण निकै ठूलो मानवीय तथा आर्थिक क्षति व्यहोरिरहेको संयुक्त राज्य अमेरिकामा थप संकट आइलागेको छ । अमेरिकी राज्य मिनेसोटाका एक जना अफ्रिकी मूलका युवकको प्रहरी कारवाहीका क्रममा ज्यान गएपछि सुरू भएको विरोध प्रदर्शन देशव्यापी बन्न पुगेको छ ।

जर्ज फ्लोयड नाम गरेका करीव ३० वर्षिय ती अश्वेत अफ्रिकी मुलका अमेरिकी नागरिकको प्रहरीले अमानवीय ढंगबाट घॉटी थिचेर हत्या गरेको भन्दै सुरू भएको विरोध प्रदर्शनले थप उग्र रूप लिएको हो । मिनेसोटा राज्यसंगै क्यालिफोर्निया, टेक्सास, वासिगंटन डिसी, न्युयोर्क, उत्तरी क्यारोलिना, एटलान्टा लगायतका अमेरिकाका मुख्य सहरहरूमा प्रहरी कारवाहीको व्यापक विरोध भइरहेको छ ।

मिनेसोटा राज्यको मिनियापोलिसस्थित एक पसलमा नक्कली नोट देखाएको आरोपमा पक्राउ परेका ती युवकलाई प्रहरीले हतकडी लगाएको अवस्थामा घुँडाले लामो समयसम्म घॉटी थिचिरहेको भिडियो सार्वजनिक भएपछि सुरू भएको विरोध प्रदर्शन अहिले रंगभेदी र हिंसात्मक आन्दोलनको रूपमा परिणत भएको छ । अनुसन्धानका क्रममा प्रहरीले करीव ८ मिनेटसम्म घॉटी थिचिरहँदा आफूलाई सास फेर्न कठिन भयो भन्दै ती युवकले बचाउनका लागि गरेको याचनालाई समेत प्रहरीले नसुनी बर्बरतापूर्ण तवरबाट हत्या गरेको प्रदर्शनकारीहरूको आरोप रहेको छ । कतिपयले अमेरिकामा कालाजातीका मानिसहरूको लागि सुरक्षा र न्याय नभएको भन्ने खालका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिरहेका छन् ।

सो घटनामा संलग्न प्रहरी अधिकृत डेरेक चौवीनलाई तत्कालै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको मिनियापोलिसस्थित प्रहरी विभागले जनाएको छ । यता हत्याको विरोधमा उत्रेका सयौं प्रदर्शनकारीहरूले स्थानीय प्रहरी कार्यालयमा आगो लगाउनुकासाथै व्यक्तिगत तथा प्रहरीका सवारीसाधन एवम् पसलहरूमा समेत आगजनी गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास, पानीको फोहोरा तथा हवाईफायर गर्नुकासाथै कयौं ठॉउमा धरपकडसमेत गरेको छ ।

यसैबीच विरोध प्रदर्शन उग्र बन्दै गएपछि मिनेसोटाका गभर्नर टीम वाल्जले राज्यको सुरक्षास्थितिलाई कावुमा राख्न इतिहासमै पहिलो पटक सेना समेत परिचान गरिएको उल्लेख गरेका छन् भने राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री लगायत सुरक्षा अधिकारीहरूलाई देशको सुरक्षा अवस्था तथा विरोध प्रदर्शन अनियन्त्रित हुन पुगेमा जुनसुकै स्थानमा तत्कालै सेना खटिन सक्ने अवस्थाप्रति सजग गराएका छन् । शान्तिसुरक्षा कायम राख्न केही ठॉउमा स्थानीय अधिकारीहरूले करफ्यु समेत जारी गरेका छन् ।

यता क्यालिफोर्नियाको अोकल्याण्ड, लसएन्जलस् लगायतका स्थानहरूमा शनिवार सार्वजनिक तथा निजि सवारीसाधन तोडफोड गर्ने, पसलहरूमा लूटपाट गर्ने एवम् प्रचलित कानूनको उल्घंन गर्ने प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रण लिएको छ । ओकल्याण्डमा शुक्रबार प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएका दुई संघीय रक्षा अधिकारीहरू मध्ये उपचारको क्रममा एक जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमहरूले जनाएका छन्।

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संकेरमणबाट हालसम्म अमेरिकामा मृत्यु हुनेको संख्या करीव १ लाख ५ हजार नाघेको छ भने संक्रमित संख्या समेत बढेर १८ लाख माथि पुगिसकेको छ । कोरोना सक्रमणबाट अमेरिकामा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ । प्रवासमा रहेका नेपालीहरू मध्ये संक्रमितको संख्या अमेरिकामा सवैभन्दा धेरै रहेको छ । यहॉ संक्रमित नेपालीहरूको संख्या २ हजारको हाराहारीमा रहेको बताइएको छ ।

photo- agency



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6