Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाबाट नेपाल फर्कन १२ सयले भरे फारम, तर जुन ८ मा पनि विमान रित्तै फर्कने

अष्ट्रेलियाबाट नेपाल फर्कन १२ सयले भरे फारम, तर जुन ८ मा पनि विमान रित्तै फर्कने

हात्ति आयो हात्ति आयो फुस्सा


सरल गुरुङ/ब्रिजवेन

कोरोनाका कारण अष्ट्रेलिया र न्युजिल्याण्डमा फसिरहेका १२ सय नेपालीले तत्काल नेपाल फर्कन माग गर्दै नेपाली दुतावासले उपलब्ध गराएको फारम भरेका छन् । क्यानवेरास्थित नेपाली दूतावासले गत मे २९ तारिखमा नेपाल फर्किहाल्नुपर्ने कारण खुलाएर अनलाईन फारम भर्न सुचना जारी गरेको थियो ।

फारम भर्ने अन्तिम दिन जुन २ तारिख साझ ५ बजेसम्म १२ सय जना नेपालीले नेपाल फर्कन माग गर्दै अनलाईन फारम भरेको राजदूत महेशराज दाहालले जानकारी दिनुभयो ।
प्राप्त विवरणहरु दूतावासले परराष्ट्र मन्त्रालयमा पठाउने छ । त्यहि विवरणका आधारमा चरण चरणमा उद्दार गरिने बताइएको छ । मार्च २५ तारिखदेखि अष्ट्रेलियाले अन्तराष्ट्रिय उडान बन्द गरेर लकडाउन सुरु गरेको थियो । हवाई उडान बन्द भएपछि कार्यक्रममा भाग लिन आएका, छोराछोरी भेट्न आएका तथा विभिन्न भिजिट भिषामा आएका नेपालीहरु अष्ट्रेलिया र न्युजिल्याण्डमा फसिरहेका छन् । यसरी फसेकाहरुमध्ये एक पुर्व क्रिकेट खेलाडी भोक हड्ताल नै बसेका थिए । यसअघि अप्रिल २ तारिख र मे ७ तारिखमा अष्ट्रेलिया र न्युजिल्याण्डका नागरिक लिएर नेपाल एयर लाइन्स अष्ट्रेलिया आएको थियो । त्यहि विमान फर्कने बेला यहाँ फसेका नेपालीको पनि उद्दार गर्न चर्को जनदवाव सृजना भएको थियाे । तर, सरकारले कुनै पनि देशबाट नेपालीलाई उद्दार नगर्ने नीति लिएका कारणले दुइ पटक नै विमान रित्तै फर्केको थियो ।

तेस्रो पटक पनि रित्तै फर्कने

जुन ८ तारिखमा अष्ट्रेलिया र न्युजिल्याण्डका नागरिक र पिआरवाला लिएर क्यानवेरा आउन लागेको नेपाली विमान पनि रित्तै फकर्ने भएको छ ।
विभिन्न प्राविधिक कारण देखाएर जुन ८ मै अष्ट्रेलियाबाट नेपालीको उद्दार नगर्ने निर्णयसहितको पत्र परराष्ट्र मन्त्रालयले दुतावासलाई पठाएको छ । विभिन्न प्राविधिक कारणले जुन ८ मा आउने विमानमा नेपालीको उद्दार गर्न नसकिने कुरा राजदूत महेश दाहालले पनि पुष्टी गर्नु भएको छ ।
‘हामीले यसपाली नै उद्दार गर्न सकेको पहल गरेका थियौ, तर विभिन्न प्राविधिक कारणले त्यो संभव हुन सकेन’- राजदूत दाहालले भन्नुभयो -‘हामी छिट्टै उद्दार प्रकृया सुरु गर्ने तयारी गरिरहेका छौ ।’
अष्ट्रेलियाबाट यात्रु राखेर उडान भर्दा आवश्यक पर्ने ग्राउण्ड ह्याण्डलिङको चाजोपाजो मिलाउन नसक्नु, नेपालस्थित अष्ट्रेलियन दूतावाससंग बेलैमा उताबाट आउने यात्रुको संख्या निर्णारण गर्न नसक्नु, जसका कारणले आवश्यक क्याविन क्रुका सदस्यहरु त्यहि विमानमा आउनलाई सिट नहुनु तथा नेपालमा आवश्यक क्वारेन्टिन स्थलको व्यवस्था भइनसक्नु जस्ता कारणले जुन ८ मा अष्ट्रेलियाबाट नेपालीको उद्दार संभव नभएको बुझिएको छ ।

अप्रिल २ मा पहिलो पटक अष्ट्रेलिया आएको नेपाली विमान

क्यानवेरास्थित नेपाली दूतावासले जुन ८ तारिखमा अष्ट्रेलिया आउन लागेको नेपाली विमानमै यहाँ फसेका नेपालीलाई उद्दार गर्ने तयारी थालेको थियो । यसअघि दुइ पटक नेपाली विमान रित्तै फर्केकाले पनि दुतावासलाई तेस्रो पटकमा चाहि विमानमा उद्दार गर्न चर्को दवाव परेको थियो । यसपाली विमान खाली फर्किएपनि फर्कन चाहानेको विवरण प्रँप्त भइसकेकाले छिट्टै नै प्राथमिकताका आधारमा पालैपालो सबैलाई उद्दार गरिने राजदूत दाहालले बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6