Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा कोरोना विरुद्ध खोपको मानव परिक्षण । ३ महिनामा नजिता आउने आशा

अष्ट्रेलियामा कोरोना विरुद्ध खोपको मानव परिक्षण । ३ महिनामा नजिता आउने आशा


व्रिजवेन
अष्ट्रेलियाको युनिभर्सिटी अफ कुईन्सल्याण्डले कोरोना भाईरस विरुद्धको खोपको मानव परिक्षण सुरु गरेको छ ।
यो परिक्षणसंगै अष्ट्रेलिया कोरोनाको लडाईमा एक कदम अगाडी देखिएको छ । सोमबार विश्वविद्यालयका वैज्ञानिकहरुले सोमबारबाट मानव परिक्षण सुरु गरेको हो ।
परिक्षण सुरु भए लगत्तै कुईन्सल्याण्ड राज्यकी प्रिमियर एनेस्तासिया पालास्चुकले कोरोना विरुद्धको लडाई विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको मेहनतको प्रशंसा गर्नु भएको छ । ‘कुईन्सल्याण्डमा महान वैज्ञानिक छन् र उनीहरुले निकै उत्कृष्ट काम गरिरहेका छन् – प्रिमियर एनेस्तासियाले भन्नुभयो-‘हामी उनीहरुलाई छिट्टै सफलताको शुभकामना दिन चाहान्छौं ।’
खोप अनुसन्धानका प्रमुख प्राध्यापक पल योङले गत फेब्रवरी १४ तारिखदेखि नै सुरु प्रि क्लिनिकल परिक्षणमा पाएको सफलतापछि नै अहिले मानव परिक्षण संभव भएको बताउनुभयो ।
खोपको मानव परिक्षण सुरु भएपछि तीन महिनाभित्र प्रारम्भिक नतिजा आउने आशा गरिएको प्राध्यापक पलले बताउनुभयो । ‘त्यसपछि यदि सबै कुरा सोचे जस्तो भएमा अर्को चरणमा प्रवेश गरिनेछ’- प्राध्यापक पलले भन्नुभयो-‘खोप विकास गरेर सबै उमेर समुहका धेरै मानिसमा परिक्षण गरि यसले काम गर्छ कि गर्दैन भनेर मुल्यांकन गरिनेछ ।’
विश्वमा अहिले १३० प्रकारका खोप परिक्षण भईरहेका छन् ती मध्ये युनिभर्सिटी अफ कुइन्ल्याण्डले विकास गरिरहेको खोपले प्रि क्लिनकल परिक्षणमा बढी सफलता पाएको छ ।
यो परिक्षणसंगै विश्वको ध्यान कुईन्सल्याण्डमाथी परेको छ । सुरुवाती परिक्षणमा १ सय २० स्वयमसेवक आवश्यक पर्नेछ । जसका लागि ४ हजार भन्दा बढी मानिसले ईच्छा देखाएका छन् ।
परिक्षणका लागि खोप बनाउन विश्वविद्यालयलाई अष्ट्रेलियन वायोटेक कम्पनीले साथ दिएको छ । photo- UQ



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6