Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमुख्य खबर नेपालमा कोरोना घट्दै, विवादकाे गाठाे फुक्दै लगायत खबर

मुख्य खबर नेपालमा कोरोना घट्दै, विवादकाे गाठाे फुक्दै लगायत खबर


संसारका ठुला मुलुक कोरोनाको गम्भीर चपेटामा छन् । एक अध्यन अनुसार मध्यपुर्वी देश कोरोनाको झन् जोखिम बढ्ने देखाएको छ । नेपालमा भने कोरोना घट्दै छन् । बाढी पहिरोले बिल्लिबाठ बनाएकाको घर प्रदेश सरकारले बनाइदिने । नेपालमा अझै बिग्रदै मौसम, बाढिपहिरोको जोखिम कायमै, नेकपामा फुक्दै गाठो लगायत खबरले नेपाल मिडियामा मुख्य स्थान पाएका छन् ।

कोरोना भाइरस संक्रमण मध्यपूर्वी देश चिन्ताजनक अवस्थामा                                                        कोरोना भाइरस संक्रमण मध्यपूर्वी देश चिन्ताजनक अवस्थामा पुगेका छन् । यी मुलुकहरुमा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको प्रकोप पर्ने बताएको छ । सङ्गठनले संक्रमितहरुको कडा मात्रामा निगरानी गर्न सल्लाह दिएको छ । संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन नदिने यस्तो निगरानीको निकै खाँचो रहेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको हो । विश्व स्वास्थ्य संगठनले प्रत्येक देशले प्रतिदिन दश लाख नागरिकमध्ये कम्तीमा पनि १४० जना नागरिकको पिसिआर परीक्षण गर्नुपर्ने सुझाव दिएको हो । भारतका विभिन्न २२ संक्रमित स्थानहरुमा प्रति दिन प्रति १० लाखमध्ये १४० जनामा र कहिँ त त्यो भन्दा पनि बढी मानिसमा यसको परीक्षण गर्ने गरेको पाइएको समाचारहरुमा जनाइएको छ ।

बाढी पीडितको घर प्रदेश सरकारले बनाइदिने   

बाढी पीडितको घर वाग्मती प्रदेश सरकारले बनाइदिने भएको छ ।प्रदेशभभित्रका जिल्लाका बाढीपहिरो पीडितका लागि घर बनाइ दिने भएको हो । प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलेको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिले यस्तो निर्णय गरेको थियो । बैठकले बाढीपहिरोमा घर गुमाएका पीडितलाई आवास बनाइदिने निर्णय गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । उनका अनुसार बाढीपहिरोले घरमा बस्नै नहुने गरी बिस्थापित भएका पीडितहरुले मात्र यो सुविधा पाउने छन् । निर्देशक समितिले बाढीपहिरोमा परी ज्यान गुमाएका र बेपत्ताका परिवारलाई एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ । राहत रकम स्थानीय तहमार्फत तत्काल उपलब्ध गराइने समितिले जनाएको छ । बाढीपहिरो प्रभावित जिल्ला भएकाले सिन्धुपाल्चोकका पीडितले  प्रदेेश  सरकारले निर्णय गरेका सबै सुविधा पाउने देखिएको छ । बागमती प्रदेशका १३ जिल्लामा सिन्धुपाल्चोक यतिबेला सबैभन्दा बढी बाढीपहिरोको चपेटामा छ ।

नेपालमा कोरोना सङ्क्रमित घट्दै, ५८ जनामा कोरोना                                                        पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ३३१ जनामा पिसीआर परीक्षणमा ५७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे शनिबारको नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ जना पुगेको छ । मन्त्रालयका अनुसार बिहीबार देशभर २३ हजार २७५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ५ हजार ८२५ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

आइतवारदेखि लगातार ४ दिन भारी बर्षा 

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ३३१ जनामा पिसीआर परीक्षणमा ५७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे शनिबारको नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ जना पुगेको छ । मन्त्रालयका अनुसार बिहीबार देशभर २३ हजार २७५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ५ हजार ८२५ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

ओलिको नयाँ प्रस्ताव, मङ्सिरमा पार्टी अधिवेशन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन प्रस्ताव अघि सारेका छन् । शनिबार सारेको उनको यो नयाँ प्रस्ताव हो । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेका छन् । शनिबार बालुवाटारमा सचिवालय बैठक बसेको थियो बैठकमा ओलीले पार्टीको एकता महाधिवेशन मंसिरमै गर्ने प्रस्ताव राखेका हुन् । यसअघि दुई अध्यक्षबीच बारम्बार विवाद हुँदै आइरहेको थियो । ओलिले दुवै पद नछाड्ने भएपछि प्रचण्ड दबाबमा परेको नेकपा स्रोतले जनायो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6