Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमुख्य खबर नेकपाको बैठक सरेको सर्यै, नेपालमा निरन्तर बर्षा लगायत प्रमुख घटना

मुख्य खबर नेकपाको बैठक सरेको सर्यै, नेपालमा निरन्तर बर्षा लगायत प्रमुख घटना


त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्नेगरी कार्यतालिका प्रकाशन गर्न लागेको छ । पछिल्लो २४ घण्टामा १५६ जना संक्रमित थपिएका छन् । आफ्नै भान्जाको अपहरण गरी हत्या गरेका राजेश कुमार गुप्ता १३ वर्षपछि पक्राउ, नेकपा बैठक सरेको स¥यैलगायत खबरले सोमबार नेपाली मिडियामा प्राथमिकता पाएका छन् ।

त्रिविमा रोकिएका परीक्षा भदौ दोस्रो सातादेखी
त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्नेगरी कार्यतालिका प्रकाशन गर्न लागेको जनाएको छ । सरकारले कोरोना संक्रमण फैलन नदिनको लागि साउनको ७ गतेसम्म लकडाउन गरेको छ तर, त्रिविले भने छिट्टै परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने भएको हो । परीक्षा कुनविधिबाट गर्ने भन्नेबारेमा ठोस् निर्णय नभएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

१५६ जनामा कोरोना सङ्क्रमण पुस्टि
पछिल्लो २४ घण्टामा देशका विभिन्न २७ वटा प्रयोगशालामा गरिएको ३ हजार ७४१ जनामा पिसीआर परीक्षणमा १५६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे आइतबारको नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६५८ जना पुगेको छ ।

भान्जाको हत्या गर्ने १३ बर्षपछी पक्राउ
आफ्नै भान्जाको अपहरण गरी हत्या गरेका राजेश कुमार गुप्ता पक्राउ परेका छन् । गुप्ताले २०६४ साल असोज २४ गते काठमाडौं–२२ खिचापोखरीबाट रोहित गुप्तालाई अपहरण गरेका थिए । राजेशले भारत बिहार राज्य सितामणी जिल्ला मुझफरपुर स्थायी वतन भई खिचाँपोखरी बस्ने राई स्कुल जोरपाटीमा कक्षा–७ मा अध्ययनरत वर्ष ११ को रोहित गुप्तालाई घरबाट अपहरण गरेका थिए ।

नेकपाको बैठक सरेको सरै
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक फेरि सरेको छ । आइतबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको थियो । उक्त वैठक बुधवार ११ बजे सम्मका लागि स्थगित भएको नेकपा केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । असार १० गतेदेखि जारी नेकपा बैठक चारपटक स्थगित हुँदै आएको छ। बैठक स्थगित गर्दै दुई अध्यक्षबीच छलफल चलिरहेको भए पनि ठोस सहमति हुन सकेको छैन ।

नेपालमा अझै तीन दिन भारी वर्षा हुने
देशभर मनसुन सक्रिय रहँदै आइतबारदेखि चार दिन देशका विभिन्न भेगमा भीषण वर्षा हुँदै आइरहेको छ । यो क्रम अझै तीन दिन रहने छ । यतिबेला न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित छ । साउन ४ देखि ७ गतेसम्म न्यून चापीय रेखा नेपालको तराई भूभागमा आउने भएकाले चार दिन मनसुन तीव्र रूपमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण वर्षापछि हुने सम्भावित प्राकृतिक विपत्तिविरुद्ध तयारी थाल्न जल तथा मौसम विज्ञान विभागले सरोकारवालालाई अनुरोध गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6