Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा होमस्टे पर्यटन : मौलिक खानाको प्रवद्र्धनमा जुट्दै सेफहरु

नेपालमा होमस्टे पर्यटन : मौलिक खानाको प्रवद्र्धनमा जुट्दै सेफहरु


काठमाडौं । चार महिना लामो लकडाउन खुलेसँगै पर्यटन क्षेत्रको भावी योजना बारेको अन्यौल बढिरहदा नेपाली मौलिक खानाको प्रदर्शन गरिएको छ । ललितपुरको सातदोबाटोस्थित आईएचएम कलेजमा नेपाली मौलिक खानाको प्रवर्द्धन कार्यक्रम मार्फत ३० जना सेफहरुले देशका ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने विभिन्न जातजातीका १३ ओटा रैथाने खानाको प्रदर्शन गरेका हुन् ।

लकडाउनका कारण होटल तथा रेस्टुरेन्ट व्यवसाय बन्द भएर लामो समय घरमै थन्किएका सेफहरुले मौलिक खानाका नयाँ स्वाद पस्कदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नसकिने लक्ष्य सहित विभिन्न स्थानीय खाना सार्वजनिक गरे । प्रदेश एक बाट राजबंशी समुदायको भक्का, शेर्पा समुदायको फाल्गी, प्रदेश २ बाट मधेशी समुदायको रैथाने खाना कटिया, राई समुदायको किनामा, प्रदेश ३ बाट नेवार समुदायको चटामरी, आलु, तामा र बोडी, त्यस्तै प्रदेश ४ बाट आलंखु र काटुङ्ग , प्रदेश ५ बाट ढकनी र कागुनोको खिर तथा ६ नम्बर प्रदेशबाट मार्सी चामलको भात र कोदोको ढिडो, ७ नम्बर प्रदेशको प्रतिनिधित्व गर्दै सेफहरुले रोटा र चटनीलाई प्लेटिङ्ग गरेर देखाएका थिए ।

बन्दाबन्दीले ग्रामिण पर्यटनमा परेको प्रत्यक्ष असर र अझै केही समय पर्यटकहरु आउने सम्भावना नहुँदा होमस्टे व्यवसाय बन्द रहने आँकलन सहित सेफहरुले मौलिक खानाको स्वादबाट स्वदेशी पर्यटनका साथै स्थानीय उपभोक्तालाई आकर्षित गर्न र मौलिक खानाको प्रवर्द्धन हुने विश्वास लिएका छन् । आईएचएम कलेजसँगको सहकार्यमा ग्लोबल नेप्लिज सेफ फेडेरेसनको आयोजना र हस्पिटालिटी गाइड्सले व्यवस्थापन गरेको कार्यक्रममा नेपाल सरकार , तारागाउँ विकास समितिका होमस्टे प्रशिक्षक, सेफ लगायतको सहभागिता थियो ।

प्राविधिक शिक्षा तथा व्यसायिक तालिम परिषद सिटिमइभिटिका पाठ्यक्रम विकास महाशाखाका निर्देशक मिस्टरकान्त मैनालीले नेपाली सेफ प्रशिक्षक र प्रशिक्षार्थी केन्द्रित रहँदै नेपाली मौलिक खानाको विषयमा छुट्टै पाठ्यक्रम निर्माण गरिरहेको जानकारी दिनुभयो । होमस्टे एसोसिएसन अफ नेपालका अध्यक्ष केशब बडालले मौलिक खानाको प्रवर्द्धनले होमस्टे व्यवसायलाई उठाउन सकिने धारणा राख्नुभयो ।

फोटो : देश सञ्चारबाट


ट्याग : #नेपाली मौलिक खाना, #पर्यटन, #होमस्टे एसोसिएसन अफ नेपाल, #होमस्टे व्यवसाय
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6