Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपढ्नैपर्ने ५ खबर

पढ्नैपर्ने ५ खबर


काठमाडौं । कोरोनाको कहर र त्रासदी कायमै छ ।   नेपालमा रहेका पर्यटकहरुले लकडाउनले घुम्न नपाएको भन्दै भिजाको समयावधि बढाइदिन माग गरेका छन् । नेपालमा चर्चासँगै महत्वपूर्ण स्थान पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

कोरोना संक्रमणसँगै भय 
पछिल्लो २४ घण्टामा १३९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र विभिन्न आइसोलेसन सेन्टरबाट ६२६ जना डिस्चार्ज भएका छन् । संक्रमित मध्ये १३ हजार ७५४ जनाले कोरोना जितेका छन् । अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै दैलेखमा २८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । यस्तै, सप्तरीमा २१, पर्सामा २०, धनुषा र महोत्तरीमा १० १० जना, बैतडीका ४, काठमाडौं, ललितपुर र कास्कीमा ३ ३ जना, सल्यानमा २ तथा सिरहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एक एक जनामा कोरोना संक्रमण देखिएको छ । स्याङ्जाका एसपीसहित १८ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा उपचारका क्रममा मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।
काठमाडौं उपत्यका सहित झापा, मोरङ बारा, पर्सा, राजविराज, स्याङ्जा लगायतका जिल्लामा ट्रभल हिस्ट्रि नभएका संक्रमितहरुको संख्या बढ्दैगर्दा सरकार भने समुदायमा कोरोना विस्तार भएको स्विकार्न तयार देखिएको छैन ।

सर्वोच्च अदालतको ध्यानाकर्षण
अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको काम कारवाही र न्याय सम्पादन प्रक्रियामा प्रभाव पार्ने गरी समाचारको प्रवाह वा टीकाटिप्पणी नगर्न सर्वोच्च अदालतले आग्रह गरेको छ । सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले एक विज्ञप्ती जारी गर्दै न्यायपालिका आम नागरिकको आस्था, विश्वास र भरोसाबाट जीवन्त हुने संस्था भएको हुँदा काम कारवाहीका बारेमा भ्रम सिर्जना हुने गरी समाचार प्रवाह वा टीकाटिप्पणी नगर्न अनुरोध गर्नुभएको हो ।
न्यायायापालिकाको मर्यादा र गरिमामा आँच आउन सक्नेतर्फ ध्यान दिन समेत विज्ञप्तीमा भनिएको छ । स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्णरुपमा प्रतिबद्ध रहेको उल्लेख छ ।

निर्वाचन खर्चिलो भयो मितव्ययी बनाउनुपर्छ -सांसदहरु

सांसदहरुले अहिलेको निर्वाचन खर्चिलो रहेको भन्दै मितव्ययी बनाउनुपर्ने आवाज उठाएका छन् । जुलाई २७ अर्थात सोमबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगको कार्यप्रगति सम्बन्धी वार्षिक प्रतिवेदनमा छलफल गर्दै सांसदहरुले अत्यन्त महँगो वर्तमान निर्वाचन प्रणालीबाट लोकतन्त्र र राजनीतिक मूल्य मान्यतामा असर पर्ने देखिएकाले विकल्पका लागि छलफल चलाउनुपर्ने सुझाव दिएका हुन् । उनीहरुले वर्तमान निर्वाचनले नै भ्रष्टाचार मौलाएको भन्दै सुधारको आवश्यका औल्याए । सांसद लालबाबु पण्डित, यशोदा सुवेदी, दिलेन्द्रप्रसाद बडू, पम्फा भुसाल, छक्कबहादुर लामा लगायतले नीतिभन्दा नियत खराब देखिने र ठूला नेता र पहुँचवालाले मौ अवसर पाउने निर्वाचन प्रणालीमा सुधारको आवश्यकता औल्याएका थिए । बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबको निर्वाचन प्रणाली कस्तो हुनुपर्छ भनेर नीति अध्ययन प्रतिष्ठानले गृहकार्य अघि बढाएको भन्दै अभ्यासमा रहेको निर्वाचन प्रणालीलाई कसरी मितव्ययी बनाउने भन्नेमा आयोगको ध्यान केन्द्रित भएको बताउनुभयो । निर्वाचन पैसाले होइन निष्ठाले जितिन्छ भन्ने मान्यता सहित कम खर्चिलो तुल्याउन मतदानस्थलमै मतगणना गर्ने व्यवस्था गर्न व्यावहारिक हुने सुझाव आयोगको थियो ।

एसईईको रिजल्ट एक सातामा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा–एसईईको परीक्षाफल प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । बोर्डका अनुसार एक साताभित्र एसईईको नतिजा सार्वजनिक गर्ने गरि तयारी भइरहेको हो । कोरोना भाइरसको महामारी र लगातारको लकडाउनका कारण यसपटक एसईईको मुल्यांकन गर्ने जिम्मा सम्बन्धित विधालयलाई नै दिइएको थियो । बोर्डका परिक्षा नियन्त्रक रामराज खकुरेलले देशभरबाट सम्पुर्ण विवरण आइसकेका कारण प्राप्त हार्डकपी र सफ्ट कपी रुजुको काम सकेपछि नतिजा प्रकाशन हुने जानकारी दिनुभयो ।

फेरी इनफ इज इनफ अभियान सडक प्रदर्शनमा

इनफ इज इनफ अभियानले जुलाई २८ अर्थात आजैदेखी सडक प्रदर्शन गर्ने भएको छ । १२ दिन लामो अनसन तोड्ने क्रममा भएको सहमतिअनुसार कोरोना परीक्षणसम्बन्धी निर्देशिका संशोधन नभएपछि ईः सहितका युवाहरु फेरि अनसनमा बसेको र १० दिने अनसनमा समेत सरकार मौन बसेका कारण सडक आन्दोलनमा उत्रनु परेको जानकारी दिएका हुन् । बसन्तपुरमा अनसन थालेको १० दिन भइसक्दा पनि सरकार मौन बसेको भन्दै इनफ इज इनफ अभियानले दिउँसो २ बजे देखी बसन्तपुरमा भौतिक दुरीसहित प्रदर्शन गरिने जनाएको छ । अभियन्ताहरुले सरकारलाई दबाव दिन सबैलाई अपील समेत गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6