Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाबाट नेपाली उद्दार गरेको विमानले बोक्यो कार्गो, जुलाई २९ को उडानमा चलखेलको संभावना

अष्ट्रेलियाबाट नेपाली उद्दार गरेको विमानले बोक्यो कार्गो, जुलाई २९ को उडानमा चलखेलको संभावना


ब्रिजवेन/सरल गुरुङ
जुलाई १४ मा अष्ट्रेलियाबाट नेपालीको उद्दार गर्न उडेको सेमि चाटर्ड विमानले कार्गो पनि बोकेको भेटिएको छ ।
सिंगापुरबाट काठमाडौका लागि गरिएको चाटर्ड उडानमा यात्रु बाहेक ८ सय ९१ किलो कार्गो पनि लगिएको भेटिएको हो । त्रिभुवन विमानस्थलले जुलाई १५ मा जारी गरेको विज्ञप्तीका अनुसार सिल्क एयरको उक्त विमानले काठमाडौबाट सिंगापुर फर्कने बेलामा समेत ५ हजार ८ सय २३ किलो कार्गो बोकेको देखिन्छ ।

हेर्नुस् विज्ञप्ती

गत जुलाई १४ मा सिड्नी, मेलवर्न र ब्रिजवेनबाट सिल्क एयरको नियमित उडानबाट १ सय ४९ जना नेपाली सिंगापुर गएका थिए । उनीहरुलाई त्यहाबाट बोइङ ७३७ विमान चाटर्ड गरेर काठमाडौ लगिएको हो ।
चाटर्ड विमानमा चाटर्ड गर्ने पक्षको जानकारी बिनै विमानले कसरी कार्गो लग्यो भन्ने प्रश्न उठ्न थालेको छ । राजदूतावासकाे पहलमा गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलकाे संयाेजनमा बनेकाे उद्दार समितिकाे निर्णय अनुसार नेपाल र अष्ट्रेलियाका ६ वटा ट्राभल एजेन्सी मिलेर सिंगापुर एयरको विमान चाटर्ड गरिएको हो । समितिमा अष्ट्रेलियाका नेपाली संस्थाहरुकाे छाता संगठन फेन्का, चिकित्सकहरुकाे संस्था एम्डा, पत्रकारहरुकाे संस्था एन्जा पनि सदस्य छन् ।
नेपाल र अष्ट्रेलियाका ६ वटा ट्राभल एजेन्सीलाई संयुक्त रुपमा व्यवस्थापन गर्ने जिम्मा दिएपनि टिकट काट्ने काम भने सिड्नीको एभरेष्ट ट्राभल्सलाई दिइएको थियो । विमानको व्यवस्थापन गरेबापत २५ डलर सेवाशुल्क सबै ट्राभल एजेन्सीलाई बराबर बाड्ने सहमति भएको थियो । सिंगापुर एयरबाट भएको सेमी चाटर्ड उडानको प्रतिव्यक्ति भाडा ११५१ अमेरिकी डलर थियो ।

कार्गो किन बोकियो ?
यात्रु बोक्न चार्टड गरिएको विमानमा कार्गो लगिएको बारे सार्वजनिक रुपमै प्रश्न उठ्न थालेपछि नेपालट्युबले गरेको खोजीमा सम्झौता अनुसार नै विमानले कार्गो बोकेको भेटिएको छ ।
विमान चाटर्ड गर्न सिंगापुर एयरलाइन्स र सिड्नीस्थित एभरेष्ट ट्राभल एजेन्सीबिच भएको सम्झौता अनुसार विमानको बोक्ने क्षमता २० हजार किलो छ । त्यो मध्ये विमानले १३ हजार किलो बोक्ने क्ष्ँमता मात्रै ट्राभल एजेन्सीलाइ चाटर्ड गरेको हो । सम्झौता अनुसार १३ हजार किलोभित्र १२ बिजवेन र १४१ इकोनोमि तर्फका यात्रु र उनीहरुको ३० किलोसम्मको लजेग बोक्ने सम्झौता भएको हो । सम्झौताको ८ औं बुदाको १ र २ खण्डमा बाकी रहेको ७ हजार किलो क्षमता चाहि विमान कम्पनी आफैले कार्गोका लागि प्रयोग गर्न पाउने उल्लेख छ । सम्झौता यस्तो छ

सम्झौताको सेड्युल खण्डमा सिंगापुरबाट जादा यात्रु बोक्ने र काठमाडौबाट फर्कदा फेरि अर्थात यात्रु रहित फर्कने भन्ने पनि सम्झौता छ । फेरि भनेको यात्रु बोक्न नपाउने तर कार्गो चाहि बोक्न पाउने भन्ने रहेको एभरेष्ट ट्राभलका इर्साद अहमदले जानकारी दिनुभयो । सम्झौता अनुसार नै विमानले आफ्नो कार्गो बोकेकाले यसमा ट्राभल एजेन्सी र गैरआवासिय नेपाली संघ प्रति प्रश्न उठाउन नहुने अहमदले बताउनुभयो ।

जुलाई ३० को उडानमा चलखेलको संभावना

जुलाई ३० मा सिड्नीबाट नेपालीको उद्दार गर्न हुन लागेको चार्टड विमानमा कार्गो बारे केही उल्लेख छैन । नेपाल ट्युबलाई प्राप्त मालिण्डो विमान र चार्टड गर्ने सुमघ ट्राभलबिच भएको गोप्य सम्झौतामा कार्गो बारे केही उल्लेख नै छैन । ६ पृष्ठ लामो सम्झौतामा यात्रु संख्या उल्लेख भएपनि विमानको बोक्ने क्षमता कति हो ? कति किलो चाटर्ड भएको हो ? र बाकी रहेको बोक्ने क्षमता कसले प्रयोग गर्न पाउने भन्ने महत्वपुर्ण विषय नै उल्लेख छैन । यसबारे आफु पनि स्पष्ट नभएको गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष केशव कडेलले बताउनुभयो । यसबारे ट्राभल एजेन्सी र विमान कम्पनीसंग बुझ्ने उहाको भनाई छ ।
सुमेघ ट्राभलले विमान कम्पनीसंग भएको सम्झौता एनआरएनए र दूतावासलाई दिएपनि विमानको क्षमता र चार्टड क्षमता जस्तो महत्वपुर्ण विवरण हुने सेड्युल भने दिएको छैन । यदि विमान कम्पनीले आफुले कार्गो प्रयोग नगरि ट्राभललाई दिने तथा मेलेसियाबाट सिड्नी आउदा र काठमाडौबाट मेलसिया फर्कदा यात्रु बोक्न पाउने सम्झौता छ भने ट्राभल एजेन्सीले थप आर्थिक लाभ लिन सक्ने अवस्था सृजना हुन्छ । मालिण्डाे एयरकाे वेस मलेसियादेखि सिड्नीहुदै काठमाडाै पुगेर मलेसिया फर्किदासम्म विमान चाटर्ड गरिएकाे हाे । त्यसबिचमा यात्रु बाहेक के के बाेक्ने भन्ने स्पष्ट सम्झाैता हुनुपर्ने जनकारहरु बताउछन् । तर, त्यसबिचमा सिड्नीबाट जादा यात्रु बाेक्ने तय भएपनि, मलेसियाबाट सिड्नी आउदा र काठमाडाैबाट मलेसिया फर्कदा के के बाेक्ने भन्ने नखुलेका कारण चाटर्ड गर्ने ट्राभल एजेन्सीले उक्त रुटमा कार्गाे र यात्रु बाेकेर लाभ लिन सक्ने अवस्था देखिएकाे हाे ।त्यसाे त सुमेघले कान्तिपुर होलिडे ट्राभल एजेन्सी माफर्त जुलाई ३० मा काठमाडौबाट सिड्नी जानका लागि मालिण्डो एयर चार्टड गरिएको भन्दै टिकट बिक्रीको सुचना फेसबुकमा पोष्ट गरिरहेको छ । जुलाई ३०बिहान ६ बजे सिड्नीबाट उड्ने उक्त विमान त्यहि दिन काठमाडाै पुग्ने हुनाले त्यहि बिमानमा यात्रु बाेकेर मलेसिया फर्कने गरि टिकट बेच्न लागेकाे हुन सक्छ ।
सिड्नीबाटै चाटर्ड भएर आउने मालिण्डो विमानमै काठमाडौबाट सिड्नी यात्रु लाने तयारी भएकोले टिकट बिक्रीको सुचना राखिएको कान्पिुर होलिडे ट्राभलका अष्ट्रेलिया प्रतिनिधी ध्रुब कडेलले जानकारी दिनुभयो । हालसम्म ३ सय जना भन्दा बढीले सिड्नी आउने टिकटबारे चासो देखाएर इमेल गरेको उहाँको भनाई थियो । नेपालबाट यात्रु बाेक्न सुमेघले नेपाल सरकारसग अनुमति लिने प्रयास समेत गरिरहेकाे छ । कान्तिपुर होलिडेले ८ सय डलर भाडा तोकेर फेसबुकमा राखेको विज्ञापन यस्तो छ

यसबारे नेपालमा रहेका सुमेघ ट्राभलका संचालक सुमेघ केसीलाई सम्पर्क गर्दा उनले आफु व्यस्त रहेको भन्दै जवाफ दिनुभएन ।
यदि त्यहि विमानमा यात्रु मलेसियासम्म आउने तथा कार्गो पनि ट्राभल एजेन्सीले नै प्रयोग गर्ने हो भने सिड्नीबाट काठमाडौ जाने यात्रुको भाडा पनि काम हुनुपर्ने धेरैको बुझाई छ । यसबारे विमान चाटर्डको संयोजन गरिरहेको दूतावास र एनआरएन दुबै बेखर छन् । विमान व्यवस्थापन गर्न दूतावासको तर्फबाट सहभागी अधिकारी यादव कोइरालाले आफुलाई यसबारे जानकारी नभएको बताउनुभयो । यदि कार्गो र फर्कदा यात्रु बोक्ने हो भने भाडा सस्तो हुनुपर्ने यहा“को भनाई थियो । त्यस्तै एनआरएनए अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङ पनि यदि यो सत्य हो भने भाडा घटाउन पहल गर्नुपर्ने बताउनुहुन्छ । जुलाई ३० मा सिड्नीबाट काठमाडौको भाडा ११२० अमेरिकी डलर तोकिएको छ । photo- Malido Air



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6