Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा नेपाली युवतीमाथी बर्बर अत्याचार, पीडक श्रीमानमाथी २२ अभियोग

सिड्नीमा नेपाली युवतीमाथी बर्बर अत्याचार, पीडक श्रीमानमाथी २२ अभियोग


सिड्नी,अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवतीलाई आफ्नै श्रीमानले बर्बर अत्याचार गरेको भेटिएको छ । सिड्नीको बरवुडमा बस्दै आएकी २६ वर्षीय युवतीमाथी उनकै श्रीमानले विगत १ वर्षदेखि अत्याचार गर्दै आएको युवतीकी दाईले नेपालट्युबलाई जानकारी गराएको हो । घरेलु हिंसाको घटनामा संलग्न पीडित र पीडकको पहिचान खुलाउन नमिल्ने अष्ट्रेलियन कानुन भएकाले यससंग सम्बन्धित सबैको पहिचान गोप्य राखेका छौ ।

युवतीलाई पीडक युवकले दिनहु कुटपिट गर्ने, इच्छा विपरित जवरजस्ती यौन सम्बन्ध राख्ने, धारिलो हतियार देखाएर तर्साउने र कमाएको पैसा पनि कब्जा गर्दै आएको युवतीले आफ्नी भाउजुलाई बताएकी छिन् । अत्याचारले सिमा नाघेपनि युवकले भिषा रद्द गरिदिने डर देखाएकाले युवती प्रहरीकोमा जान सकेकी थिईनन् । गत अप्रिलमा युवती सिड्नीको क्याम्पसीमा बस्दै आएका आफ्ना दाजु भाउजुकोमा गएर सबै कुरा भनेपछि यो घटना प्रहरीसम्म पुगेको हो । दाजुभाउजुको सहयोगमा ती युवतीले होमबुस प्रहरीमा आफ्ना श्रीमान विरुद्ध घरेलुहिंसाको उजुरी दिएकी छिन् । त्यहि उजुरीका आधारमा पक्राउ परेका ती युवकलाई प्रहरीले २२ वटा अभियोग लगाएको छ ।

आइटी पढाई सकेर टिआर भिषामा रहेका ती युवक तीन दिन प्रहरी हिरासतमा बसेर बाहिरिए पनि मुद्दा अदालतसम्म पुगिसकेको छ । बरवुड स्थानिय अदालतमा गत जुलाई २८ र ३० तारिखमा यो मुद्दाको सुनुवाई भएपनि अन्तिम टुंगो लाग्न बाकी छ । अर्को सुनुवाई आगामी जनवरी २९ तारिखमा रहेको युवतीको दाइले जानकारी दिनुभयो ।
नेपालट्युबसंग कुरा गर्दै यवुतीकी दाईले भन्नुभयो -‘बहिनीमाथी भएको अत्या’चारको लागि हामी न्यायको लडाईमा छौ । पीडिकमाथी कानुनी कारवाही होस् भन्ने आशामा छौ ।’ सिड्नीमा पढिरहेको युवक र ती युवतीबिच नेपालमा सन् २०१९ मा मागी बिबहा भएको थियो । नेपालमा फर्मा टेक्निसियन समेत रहेकी युवती बिहे गरेर भिजिटर भिषामा अष्ट्रेलियाका आएकी थिईन । सुरुमा केटापक्षले निकै धेरै दाईजो मागेपछि युवतीले बिवहा गर्न अस्विकार गरेकी थिईन् । तर, पछि दाईजो बिनै विवहा गर्न केटा राजी भएको युवतीकी दाईले बताउनुभयो । सिड्नी आएदेखि नै दाईजो र विभिन्न बाहाना बनाएर युवकले आफ्नी बहिनीमाथी अत्याचार गर्न सुरु गरेको दाईले जानकारी दिनुभयो ।

अष्ट्रेलियाको नेपाली समाजमा घरेलु हिं’सा बढ्दो क्रममा छ । खासगरी विद्यार्थी भिषामा रहेका जोडीहरुमा यस्तो हिंसा बढी छ । तर, भिषा रद्द हुने र समाजिक बेइज्जत हुने डरले पीडितहरु प्रहरीसम्म जान हिच्किचाउने गरेका छन् । घरेलु हिंसाको उजुरी गर्दा भिषा रद्द हुने डर पाल्न नहुने यसका जानकारहरु बताउछन् ।

Photo- Created



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6