Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ गण्डकी प्रदेशसँग व्यवसायीको माग, नेपालमा रहेका पर्यटकको भिसा थपेर मानविय सहयोग गरौँ

गण्डकी प्रदेशसँग व्यवसायीको माग, नेपालमा रहेका पर्यटकको भिसा थपेर मानविय सहयोग गरौँ


काठमाडौं पोखरा । पोखरा चेम्बर अफ कमर्स नेपालमा रहेका विदेशी पर्यटकलाई थप केही समय बस्ने वातावरण मिलाउन गण्डकी प्रदेश सरकारसँग अनुरोध गरेको छ । अध्यागमन विभागले २०७७ भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएसँगै भिसा अवधि सकिएका विदेशी पर्यटकलाई १५ दिनपछि नेपाल छोड्नुपर्ने नियम बनाएपछि चेम्बरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसमक्ष यस्तो अनुरोध गरेको हो ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले अध्यागमन विभागले १७ जुन २०२० मा प्रकाशित सूचनाअनुसार अन्तर्राष्ट्रिय उडान शुरुआत भएको १५ दिनभित्रको समयावधिमा सबै विदेशी पर्यटक फर्कन नसक्ने बताए । उनले कोरोना महामारीको वर्तमान अवस्थालाई ख्याल गरेर नेपालमै केही समय बस्न चाहाने पर्यटकलाई सहयोग गर्नुपर्ने जिकिर गरे ।  पर्यटन बोर्डका अनुसार लकडाउनका कारण नेपालमा एक हजार ५०० भन्दा बढी र पोखरामा लगभग ४ सय ४२ पर्यटक बसिरहेका छन् ।

विभिन्न कारणले नेपालमा बस्दैआएका पर्यटकलाई भिसा समय थप गरी बस्ने वातावरण मिलाउनुपर्ने माग उठेपनि पर्यटन वोर्ड अध्यागमन लगायतका सरोकारवाला निकायले केही बोलेका छैनन । केही विदेशी पर्यटक आफ्नो मुलुकमा कोरोनाको प्रकोप बढीरहेको र नेपालमै सुरक्षित महसुस गरी बसिरहेका छन् । यस्तो अवस्थामा मानवीय संवेदनालाई समेत ध्यान दिएर पर्यटक मैत्री वातावरण बनाउनुपर्ने भन्दै नेपालका पर्यटन व्यवसायीले दबाब दिए पनि सुनुवाई भएको छैन । १५ दिनको समयावधिमा सबै राष्ट्रमा सिधा उडान एकै पटक सम्भव नभएका नेपाल अड्किएका पर्यटक फर्कन सम्भव पनि देखिदैन ।

पोखरा चेम्बर अफ कमर्सले प्रदेश मन्त्रालयमा बुझाएको पत्रमा नेपालमा रहेका विदेशी पर्यटक केही समय नेपालमै बस्दा कोरोना भाइरसका कारण जीर्ण भएको पर्यटन क्षेत्रलाई थोरै भए पनि राहात पुग्ने दाबी गरिएको छ । नेपाल घुम्न आएका पर्यटक एकाएक भएको बन्दाबन्दीले घुम्न नपाएको र तत्काल फर्कंदा विमानस्थल, ट्रान्जिटमा कोरोनाको उच्च जोखिम रहेको भन्दै फर्कन समेत इन्कार गरिरहेका छन् । पोखरामा केही समय अगाडि विदेशी पर्यटकहरुले पत्रकार सम्मेलन नै गरेर तत्काल स्वदेश फर्कन नचाहेको भन्दै भिसा समय थपेर सहयोग गरिदिन अपिल गरेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6