Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ नेपालमा फेरी निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली, बढ्दै कोरोना त्रास

नेपालमा फेरी निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली, बढ्दै कोरोना त्रास


काठमाडौं । सरकारले भीडभाडबाट बढ्नसक्ने कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै बिहिबार (आज) बाट लागू हुनेगरी जोर विजोर लागू गरिएको गृह मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोर विजोर लागू हुने बताए । जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र विजोर गतेका दिन विजोर नम्बरका सवारीसाधान चलाउनुपर्ने व्यवस्था गरिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सरकारको निर्णय कडाइका साथ लागू गर्ने जनाएको छ । महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालले नियम अनुसार सवारी चलाउन र कसैले भनसुन नलगाउन सबैलाई आग्रह गरेका छन् ।

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग गरेको छलफलका क्रममा पूर्ण लकडाउन गर्नुको साटो तत्काल स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउनुपर्ने आवाज उठेको थियो । सरकारले राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा समेत प्रतिबन्ध लगाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6