Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा फेरी निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली, बढ्दै कोरोना त्रास

नेपालमा फेरी निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली, बढ्दै कोरोना त्रास


काठमाडौं । सरकारले भीडभाडबाट बढ्नसक्ने कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै बिहिबार (आज) बाट लागू हुनेगरी जोर विजोर लागू गरिएको गृह मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोर विजोर लागू हुने बताए । जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र विजोर गतेका दिन विजोर नम्बरका सवारीसाधान चलाउनुपर्ने व्यवस्था गरिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सरकारको निर्णय कडाइका साथ लागू गर्ने जनाएको छ । महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालले नियम अनुसार सवारी चलाउन र कसैले भनसुन नलगाउन सबैलाई आग्रह गरेका छन् ।

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग गरेको छलफलका क्रममा पूर्ण लकडाउन गर्नुको साटो तत्काल स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउनुपर्ने आवाज उठेको थियो । सरकारले राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा समेत प्रतिबन्ध लगाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6