Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआन्दोलनको चेतावनी सहित व्यवसायीले लेखे पर्यटनमन्त्रीलाई चिठ्ठी

आन्दोलनको चेतावनी सहित व्यवसायीले लेखे पर्यटनमन्त्रीलाई चिठ्ठी


काठमाडौं । पर्यटन व्यवसायीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई चिठ्ठी लेखेका छन् । टान, नाट्टा, हान, एनएमएसहित पर्यटनमा आवद्ध अनेक विधाका दुई दर्जन संघसंस्थाले संयुक्त रुपमा चिठ्ठी लेख्दै जनस्वास्थ्यलाई ध्यानमा राख्दै व्यवसाय सुरु गर्ने वातावरण निर्माण गर्न माग गरेका हुन् ।

उनीहरुले लेखेको चिठिमा भनिएको छ–६ महिनाभन्दा लामो समयदेखि आम्दानीबिहीन बनेका व्यवसायी र काम गुमाएका मजदुरको धैर्यको बाँध नटुटदै व्यवसाय बचाउने गरी उचित कदम चालियोस् । सरकारले भदौ १ बाट पर्यटन र हवाई यात्रा खोल्ने निर्णय गरे अनुसार नै साउनबाट १५ बाट होेटेल खुल्ने निर्णय भएको थियो । तर, यी सबैमाथिको प्रतिवन्ध थप १५ दिन लम्बिएपछि व्यवसायीले भदौ १६ बाट भने व्यवसाय सञ्चालनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारले व्यवसाय सञ्चालनको घोषणा गरेपछि आफ्नोतर्फ सबै तयारी पुरा गरिएको व्यवसायीले बताएका छन् ।

कर्मचारीलाई तालीम दिनेदेखि सुरक्षात्मक उपायका लागि पूर्वाधार बनाउने काम सम्पन्न गरेको दाबी गर्दै व्यवसायीहरुले सरकारले तोकेका मापदण्डको अनिवार्य पालना गर्दै सुरक्षित सेवा सुरु गर्न तयार रहेको बताएका छन् । लामो समय आम्दानीबिहीन र कामबिहीन हुँदा त्यसले व्यवसायमा पर्ने असर र व्यक्तिको दैनिकीमा पर्ने प्रभावबारे गम्भीर हुन आग्रह गर्दै व्यवसायीले व्यवसायी, कर्मचारी र मजदुरको धैर्यको बाँध टुट्ने अवस्था नआउँदै विकल्पबारे सोच्न सरकारलाई भनेका छन् । भदौँ १६ बाट भने आन्दोलनमा जानुबाहेक अन्य विकल्प नरहने भन्दै व्यवसायीहरुले मन्त्री भट्टराईको ध्यानाकर्षण गराएका छन् ।

कोभिड–१९सँगै अगाडी बढ्ने परिस्थितिमा कोभिड–१९ अनुकुलताका कार्ययोजना बनाई निरोधात्मक तथा प्रतिरोधात्मक व्यवस्थासहित भदौ १६ बाट हवाई सेवा, पर्यटकीय यातायात तथा पर्यटनसँग सम्बिधत सेवा तथा गतिविधि सञ्चालनको वातावरण बनाउनु पर्ने माग व्यवसायीको छ । विश्वभर एयरलाइन्स र पर्यटकीय गतिविधि सुरक्षात्मक उपाय अपनाएर सुरु भएको भन्दै उनीहरुले आवश्यक व्यवास्था गर्न ध्यानाकर्षण गराएका छन् । व्यवसायीले पर्यटनमन्त्रीलाई लेखेको पत्रमा विमानस्थलमा कोभिड–१९ को परीक्षण सम्बन्धी कक्ष स्थापना गरी मापदण्ड पुरा गरी पर्यटक आउने वातावरण बनाउन आग्रह गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6