Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाल अपडेट,यस्ता छन् पछिल्ला प्रमुख पाँच खबर

नेपाल अपडेट,यस्ता छन् पछिल्ला प्रमुख पाँच खबर


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा प्राथमिकता पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

काठमाडौं उपत्यकामा निषेधाज्ञ

काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन समेत प्रतिबन्ध लगाइएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा छुट पाउने वस्तु तथा सेवाको सूची सार्वजनिक गरेर आम जनतालाई सचेत गराएको छ । निषेधाज्ञाको समयमा खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा सञ्चालन गर्न पाइनेछ । बीउबिजन, मासुजन्य पदार्थ, दाना र भेटरीनरी, बैंक, बिमा, औषधिजन्य सामग्री, स्वास्थ्यसँग सम्बन्धित अन्य सामग्री, खानेपानी, ग्यास, पेट्रोलियम पदार्थ, फोहोर मैला व्यवस्थापन आदि सेवामा समेत प्रतिबन्ध लाग्नेछैन । एम्बुलेन्स÷शव वाहन÷दमकल, कूटनीतिक नियोग, डाक तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी कार्य, सञ्चार सेवा, विद्युत सेवा, मृत्यु संस्कार सम्पन्न गराउने व्यक्ति चढेको सवारी साधन निर्वाध चल्न पाउनेछन् । विवाहमा ७ जना मात्र जन्ती जान पाउने प्रावधान सहित कोभिड १९ को क्वारेन्टिन, आइसोलेसनको व्यवस्थापनसम्बन्धी काममा रहेकाहरुको सवारी साधनलाई फोटोसहितको परिचय पत्र र कार्य प्रयोजन खुल्ने सामग्री देखाएमा छुट दिइने गरि निषेधाज्ञाको आदेश लागू हुनेछ ।

कोरोना अपडेट

नेपालमा बुधलबार थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो अपडेट सहित ११ हजार १ सय १८ जना सक्रिय संक्रमित पुगेको जानकारी दिनुभएको हो । काठमाडौं उपत्यकामा मात्रै बुधबार १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १३४, ललितपुरमा १७, भक्तपुरमा ८ जना, ओखलढुंगाका १, झापाका १६, पाँचथरका १, मोरङका ६९, पर्साका १०८, सुनसरीका ३६, बाराका १५, महोत्तरीका १२, रौतहटका ४, सप्तरीका १३, सर्लाहीका १९, सिराहका १९, चितवनका २४, धादिङका १, कास्कीका ५, गोरखाका ३, तनहुँका ४, नवलपरासीका १२, लमजुङका १०, कपिलवस्तुका ६, दाङका ३, नवलपरासीका १, पाल्पाका १, प्यूठानका २, बर्दियाका २, बाँकेका १८, रुपन्देहीका ५२, जुम्लाका ९, रोल्पाका १, सल्यानका १७ सुर्खेतका १३, अछामका ३, दैलेखका ४, कैलालीका ३ र डोटीका ४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना जित्नेहरुको संख्या १७ हजार ७०० पुगेको छ । बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२१ पुगेको छ ।

राष्ट्रिय सम्मान सहित राष्ट्रकविको अन्त्यष्टि

राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । १ सय १ वर्षको उमेरमा मंगलबार बेलुका लैनचौरस्थित निवासमै निधन भएका राष्ट्रकवि घिमिरेको पार्थिव शरिरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । यसपछि पशुपति आर्यघाट लगेर अन्तिम संस्कार गरिएको थियो । परिवार, आफन्त, साहित्यकारहरु, शुभचिन्तकहरुसहित सीमित मलामीको उपस्थितिमा राष्ट्रकवि घिमिरेको अन्त्येष्टि गरिएको हो । उनलाई नेपाली सेना र सशस्त्रको टुकडीले सालमी अर्पण गरेको थियो । वि. सं १९७६ साल असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको पुस्तुनमा जन्मेका घिमिरेले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाएका थिए । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपालीजस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।

निजी अस्पताललाई चेतावनी

सरकारले आफ्नो निर्णयअनुसार कोरोनाका विरामीका लागि २० प्रतिशत बेड नछुट्याउने निजी अस्पतालको पीसीआर टेष्टका लागि दिएको अनुमति खारेज गर्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुले २० प्रतिशत र मेडिकल कलेजहरुले एक तिहाई वेड कोरोनाका लागि छुट्टयाउनु पर्ने निर्णय गरेको छ । तर कोभिड र ननकोभिडका बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्नु घातक हुने भन्दै निजी अस्पतालहरु कोरोना संक्रमितको उपचारबाट पन्छिन खोजेका छन् । निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन आफ प्राइभेट हेल्थ इन्स्टिच्युट आफ नेपाल (अफिन) ले सरकारले चाहे केही निजी अस्पताललाई पूर्ण रुपमा कोभिड अस्पताल बनाउन सक्नेतर्फ सचेत गराएको छ । सरकारले पीपीईलगायतका सुरक्षा सामग्री उपलब्ध गराएमा मात्र दैनिक ३५०० देखि १५ हजारमा कोरोना संक्रमितको उपचार गर्न सकिने निजी अस्पताले जनाएका छन् । यता, सरकारले भने आफ्नो निर्देशन नमान्ने निजी अस्पताललाई पीसीआर टेष्टका लागि दिएको अनुमति खारेज गर्ने चेतावनी दिएको छ । इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सरकारको निर्णय नमान्ने अस्पताल तथा मेडिकल कलेजलाई ल्याब सञ्चालन गर्न दिएको अनुमति खारेज गर्ने र निर्णय मान्ने सबैलाई ल्याब सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

प्रेस काउन्सिलमा किशोर श्रेष्ठकै निरन्तरता

सर्वोच्च अदालतले प्रेस काउन्लिसमा कार्यवाहक अध्यक्षका सम्बन्धमा गरेको सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । किशोर श्रेष्ठलाई कार्यवाहक अध्यक्षबाट हटाउँदै दुर्गा भण्डारीलाई कार्यवाहक अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णय बिरुद्ध चेतनाथ धमलाले सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायाधीश ईश्वरराज खतिवडाको एकल इजलाशले अन्तरिम आदेश जारी गर्दै भण्डारीलाई किन नियुक्ति गरिएको भन्नेबारे कारण देखाउ आदेश जारी गर्दै श्रेष्ठलाई नै काम गर्न भनिएको छ । सरकारले साउन २६ गते प्रेस काउन्सिल नियमावलीमा एउटा बुँदा संशोधन गरेर नयाँ कार्यवाहक अध्यक्ष नियुक्ति गरेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6