Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचार्टर उडान पुनः सुचारु, नेपाल फर्किन थप १५ हजारदेखी ६० हजारसम्म खर्च

चार्टर उडान पुनः सुचारु, नेपाल फर्किन थप १५ हजारदेखी ६० हजारसम्म खर्च


काठमाडौं । सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई सर्त सहित पुनः सुचारु गरेको छ । हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण गरेको सरकारले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्ने गरि उद्धार उडान सुचारु गरेको हो ।

अब स्वदेश आउनुपूर्व नै कुन होटलमा बस्ने भन्ने बुकिङ गर्नुपर्नेछ । सरकारले सार्वजनिक गरेको सूचीका होटलमा बस्नुपर्ने भएपनि होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ । विदेशबाट आउनेहरुको सूची सोही देशमा रहेको नेपाली दूताबासले तोकेबमोजिम हुनेछ । एकदिनमा बढीमा तीनवटा फ्लाइटसम्मलाई मात्रै उडान अनुमति दिने मादण्ड सरकारले तोकेको छ । सीमित संख्यामा मात्रै स्वदेश ल्याएर सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नेहरुमा कोरोना नरहेको पुष्टि भएपछि मात्र घर जाने व्यवस्था मिलाइने छ ।

सरकारले माग भएका ठाउँहरुको उडान तालिका बनाएर चार्टर फ्लाइट सुरु नै गरिसकेको छ । यसअघि सोमबार कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले चार्टर तथा उद्धार उडान स्थगित गर्ने निर्णय गरेको थियो । दुबई गएको नेपाल एयरलाइन्सको विमान खाली नै फर्किएपनि टर्की र बंगलादेशबाट भने चार्टर उडान भएको थियो ।

तोकियो होटल क्वारेन्टिन
सरकारले विदेशबाट फर्किनेहरुलाई राख्न होटल क्वारेन्टिनहरु तोकेको छ । विदेशबाट फर्किने यात्रुले एउटा कोठाको प्रतिदिन १५ सय देखि ९ हजार रुपैयाँसम्मका कोठा लिन सक्नेछन् । यसमा खाना खाजाको खर्च समेत जोडिएको बताइएको छ । सरकारले विदेशबाट यात्रुको उद्धार सुरु गरेलगत्तै होटल क्वारिन्टिनहरुको सूची सार्वजनिक गरेको छ । विदेशबाट फर्किन दूतावासले सिफारिस गरेका व्यक्तिले काठमाडौंको तोकिएका होटलमा आफूलाई पायक पर्ने दर रेटमा होटल बुक गर्न सक्नेछन् ।

विदेशबाट फर्किनेहरु २ जनाले एउटा रुम सेयर गरेमा सस्तो पर्नेछ । पर्यटकिय होटलमा ७ दिनसम्म बस्न एक जनाले १५ हजार तिर्नुपर्नेछ भने तारे होटलहरुमा बस्नेले सात दिन क्वारेन्टाइनमा बस्दा ५० हजार बढी खर्चिनुपर्ने भएको छ । सरकारले नै होल व्यवसायीसँग मिलेर विदेशबाट नेपाल आएकाहरुलाई होटल क्वारेन्टाइनमा राखेर आर्थिक मुनाफा आर्जन गर्न खोजेको आरोप लागेसँगै होटल संघ नेपालले मुनाफाभन्दा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले होटेलहरुलाई क्वारेन्टिनका रुपमा प्रयोग गर्न लागिएको बताएको छ ।

सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट भारत हुँदै स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड बनाएको छ । होटल खर्च स्वदेश फर्किनेहरुले नै व्यहोर्नुपर्ने छ । नसक्नेहरुको हकमा स्थानीय समितिले व्यवस्थापन गर्नेगरि मापदण्ड तयार पारिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6