Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसुरु भयो पाँचौ चरणको उद्धार उडान, अस्ट्रेलियाबाट अगस्ट २९ मा सिल्क एयरले उडान भर्दै

सुरु भयो पाँचौ चरणको उद्धार उडान, अस्ट्रेलियाबाट अगस्ट २९ मा सिल्क एयरले उडान भर्दै


काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको सीससीएमसीको निर्देशनपछि बन्द भएको उद्धार उडान मंगलबारबाट सुचारु भएको छ ।

गत सोमबार सीसीएमसी बैठकले काठमाडौंमा क्वारेन्टाइन अभाव भएको भन्दै पाचौं चरणको उद्धार उडान तालिका प्रकाशनपछि बन्द गर्न परराष्ट्र र नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाई रद्द गरेको थियो । सरकारले शर्तसहित उद्धार उडान सुरु गर्ने भनेसँगै नेपाल आउने यात्रुले अनिवार्य रूपमा पीसीआर परीक्षण गरेको र त्यसको रिपोर्ट नेगेटिभ आएकै हुनुपर्ने छ । उडान हुने समयभन्दा ७२ घण्टाअघि आएको रिपोर्टले मात्र उडानका लागि मान्यता पाउनेछ ।

यस्तो छ उद्धार उडानको नयाँ तालिका
अगस्ट २५ मंगलबार एयर अरेबियाले सारजाँबाट काठमाडौंका लागि उडान गर्ने छ । दुबईबाट फ्लाई दुबईले बुधबार काठमाडौंका लागि उडान भर्ने तय भएको छ ।

अगस्ट २७ मा रियाद गएर नेपाल एयरलाइन्स काठमाडौं आउनेछ । यस्तै सोही दिन हिमालयन एयरलाइन्सले दमामबाट, टर्किस एयरलाइन्सले इस्तानबुलबाट बढीमा एक सय जना मात्र यात्रु लिएर नेपाल फर्किनेछन् ।

अगस्ट २८ मा नेपाल एयरलाइनन्सले र हिमालयनले क्वालालम्पुरबाट र कतार एयरलाइन्सले दोहाबाट उद्धार उडान भर्ने छन् ।

अगस्ट २९ मा सिल्क एयरले अस्ट्रेलियाबाट, कोरियनले कोरियाबाट उद्धार उडान गर्नेछन् ।

अगस्ट ३० मा नेपाल एयरलाइन्स र हिमालयनले क्वालालम्पुरबाट, मालिन्दो एयरले मलेसियाबाट नेपालीको उद्धार उडान गर्ने छन् ।

अगस्ट ३१ मा दुबईबाट नेपाल एयरलाइन्सले र आबुधाबीबाट हिमालयनले उद्धार उडान भर्ने छन् ।

सेप्टेम्बर १ मा भने कतार एयरलाइन्सले दोहाबाट २ उडान र कुवेत एयरले कुवेतबाट एक उडान भर्ने तय भएको छ ।

वायुसेवा कम्पनीले विदेशी नेपाली नियोगसँगको सहकार्यमा मात्र नेपालीलाई ल्याउन पाउने तर टिकटको व्यवस्था भने कम्पनीले नै गर्नुपर्ने भनिएको छ । सरकारले भदौ १५ पछि नियमित उडान गरी विदेशमा अप्ठ्यारोमा परेका नेपाली ल्याउने तयारी गरिरहेको छ । यसका लागि दैनिक ५ सय यात्रु ज्याउनेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका निर्माण गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6