Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचीनिया कोरोना भ्याक्सिनलाई ट्रायल अनुमति, बेलायती र रुसी अनुमति पर्खदै

चीनिया कोरोना भ्याक्सिनलाई ट्रायल अनुमति, बेलायती र रुसी अनुमति पर्खदै


काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्ध बनेको भ्याक्सिनको ट्रायल सुरु हुने भएको छ । चीनमा बनेको भ्याक्सिनको ट्रायल गर्न नेपाल सरकारले अनुमति दिएसँगै छिट्टै नेपालमा ट्रायल सुरु गरिएको भएको हो ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरस विरुद्ध बनेको भ्याक्सिनको ट्रायल नेपालमा सुरु हुन लागेको जानकारी गराउँदै विश्वव्यापी मान्यताको आधारमा स्वःस्फूर्त रुपमा अध्ययन, रिसर्च, ट्रायलमा सामेल हुन चाहनेहरुलाई मात्रै समावेश गरिने हुनाले यसमा भ्रम नपाल्न अनुराध गरेका थिए । कोरोना भ्याक्सिन नेपालमा प्रयोग गर्न नपाउने वा ट्रायलका रुपमा प्रयोग गर्न नहुने भन्दै बिरोध समेत भइरहेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को गाइड लाइन अनुसार योसँगै रेमडेसिभिर औषधि र कन्भालेसेन्ट प्लाज्मा पनि ट्रायलको रुपमा प्रयोग भइरहेको छ ।

नेपालमा रेमडेसिभिर औषधि र कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने पहिलो व्यक्ति डा. ज्ञानेन्द्रमान सिंह कार्की हुन् । उनी पछि काठमाडौं लगायत देशका विभिन्न अस्पतालमा अन्य गम्भीर संक्रमितको उपचार यो विधिबाट भइरहेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रीस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई भ्याक्सिन ट्रायलका लागि प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको थियो । कम्पनीले नेपालमा रहेको होङ्सी शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक हजार चिनियाँ कामदारमाथि भ्याक्सिनको तेस्रो चरणको परीक्षण गर्न अनुमति मागेको छ । नेपालीमाथी परिक्षण गर्ने नगर्ने एकिन भएको छैन ।

बेलायती र रुसी भ्याक्सिन छलफलमै
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले परिषद्लाई नेपालमा भ्याक्सिन ट्रायलका लागि बेलायतको अक्सफोर्ड ग्रुपसँग मिलेर काम अघि बढाउन अनुमति दिइसकेको छ । अक्सफोर्ड ग्रुपले उत्पादन गरेको भ्याक्सिन प्रभावकारी भएको रिपोर्ट सहित अहिले तेस्रो चरणको क्लिनिकल ट्रायल चलिरहेको छ । उक्त भ्याक्सिनको ट्रायल धेरै देशमा प्रभावकारी देखिएको छ भने अन्य देशले उत्पादन गरेको भन्दा विश्वसनीय पनि मानिएको छ । नेपालमै काम गरेर गएका एक जना चिकित्सक पनि अक्सफोर्ड ग्रुपको भ्याक्सिन बनाउने टिममा आवद्ध भएपनि स्वास्थ्य अनुसन्धान परिषले नेपालमा क्लिनिकल ट्रायलको अनुमति दिन गरेको आग्रहलाई सरकारले स्विकृति दिइसकेको छैन । यो भ्याक्सिन भारतमा पनि उत्पादन हुने भएकाले नेपाललाई धेरै लाभ हुने अपेक्षा गरिएको छ ।

नेपालस्थित रुसी दूतावासले पनि परिषद्सँग रुसी भ्याक्सिन ट्रायलका लागि इच्छुक रहेको बताइसकेको छ । यो विषयलाई समेत छलफलमा राखेको परिषदले निर्णय भने गरिसकेको छैन ।

के हो तेस्रो चरणको क्लिनिकल ट्रायल ?
भ्याक्सिन उत्पादन आर्थिक र वैज्ञानिक हिसाबले मात्रै होइन्, अनुसन्धानका हिसाबले अत्यन्तै जटिल काम हो । कुनै पनि रोगको भ्याक्सिन पत्ता लागिसकेपछि संसारभर काम गर्छ कि गर्दैन भनेर परीक्षण गरिन्छ । बेलायत, अमेरिका वा चीनमा भ्याक्सिन सफल परीक्षण भयो भने नेपालमा काम गर्छ कि गर्दै भनेर परीक्षण गरिन्छ । जसलाई तेस्रो चरणको ‘क्लिनिकल ट्रायल’ भनिन्छ । तेस्रो चरणको क्लिनिकल ट्रायलमा धेरै देशका धेरै नागरिक सहभागी हुन्छन् । यसले प्रयोगात्मक औषधि वा खोपको प्रभावकारीताको मापन गर्छ ।

नयाँ औषधि वा खोप स्वीकृत गर्ने कि नगर्ने भन्नेबारे निर्णय नै तेस्रो चरणको क्लिनिकल ट्रायलले निर्धारण गर्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी अन्य देशमा प्रभावकारी देखिएको औषधि वा भ्याक्सिन नेपालमा पनि परीक्षणविना प्रभावकारी मान्न नसकिने बताउँछन् । हाम्रो लागि प्रभावकारी हुन्छ कि हुँदैन भनेर जाँच्न हामीमै परीक्षण गर्नुपर्ने उनको धारणा छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6