Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोना कहर : प्रत्यक दुई घण्टामा एक जनाको मृत्यु

नेपालमा कोरोना कहर : प्रत्यक दुई घण्टामा एक जनाको मृत्यु


काठमाडौ । बढी जनघनत्व भएको शहरमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गरेको नेपालमा मृत्युदर समेत पछिल्लो समय ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार र शनिबार १२÷१२ जनाको मृत्यु भएको छ । यो कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो ।

शुक्रबार र शनिबारको तथ्यांकले नेपालमा प्रत्येक दुई घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भइरहेको देखाएको छ । भदौ शुरु भएयता १३ दिनमा कोरोनाबाट ९३ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना सङ्क्रमणबाट बिहीबार नौ, शुक्रबार र शनिबार ११ जनाले ज्यान गुमाएका छन् । भदौ महिना सुरु भएदेखी भने कोरोनाबाट एक दिनमा औसतमा झण्डै सात जनाको ज्यान गएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार साउनमा सून्य दशमलव ४ प्रतिशत रहेको कोरोनाको मृत्युदर भदौ लागेपछि बढेर सून्य दशमलव ५ प्रतिशत पुगेको छ ।

कोरोनाका कारण साउन ३२ गते सम्म नेपालमा १०४ जनाले ज्यान गुमाएकोमा पछिल्लो १३ दिनमै यो संख्या दोब्बर पुगेको छ । अर्थात शनिबारसम्म २०७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । कोरोनाबाट पर्सामा सबैभन्दा बढी, त्यसपछि क्रमश काठमाडौँ, मोरङ, धनुषा, बारा, बाँके, रुपन्देही, कैलाली, सप्तरी, सुनसरी, चितवन, सिरहा, सर्लाही, महोत्तरी, कपिलवस्तु, मकवानपुर, भक्तपुर, कास्की, रौतहट, ललितपुर, गुल्मी, सिन्धुपाल्चोक, अछाम, सुर्खेत, झापा, स्याङ्जा, काभ्रेपलाञ्चोक, दोलखा, दैलेख, दाङ, बाजुरा, पाल्पा, प्यूठान, अर्घाखाँची, बर्दिया, बझाङ, बागलुङ, तनहुँ, नवलपरासी पश्चिम, धादिङ, गोर्खा, उदयपुर, म्याग्दी र डोल्पामा मृत्यु भएको छ ।

नेपालमा कोरोनाबाट निको भएर घर फर्किनेको सङ्ख्या ५५ दशमलव पाँच प्रतिशत हाराहारी छ । ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लाको संख्या नै ९ पुगेको छ । काठमाडौँ, ललितपुर, मोरङ, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट र सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी पुग्दा मुस्ताङ र हुम्लामा कोरोना सङ्क्रमितको संख्या शुन्य रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6