Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन्, प्रमुख पाँच खबर

नेपाल अपडेट : यी हुन्, प्रमुख पाँच खबर


काठमाडौं । कोभिड–१९ को जोखिम थप बढीरहेको नेपालमा परिक्षणप्रणालीसँगै धेरै क्षेत्र प्रभावित भएका छन् । पछिल्ला प्रमुख पाँच खबर यस्ता छन् ।

बढ्दै कोरोना, घट्यो पीसीआर परिक्षण शुल्क
देशभर पाँच सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाको संख्या १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकनुसार मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, रौतहट र रुपन्देहीमा पाँच सय बढी सक्रिय संक्रमित छन् । मुस्ताङ र हुम्लामा संक्रमित शुन्य रहेका छन् । देशभर आईसीयूमा उपचाररत संक्रमितको संख्या एक सय ३२ र भेण्टिलेटरमा राखेर उपचार भइरहेका विरामीको संख्या १६ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको अधिकतम शुल्क ४४०० रुपैयाँ तोकेको छ । प्रयोगशाला वा आफ्नै ल्याब भएका अस्पतालहरुले ४ हजार रुपैयाँमा पीसीआर टेष्ट गर्नुपर्ने र आफ्नै ल्याब नभएका अस्पतालहरुले भने पीपीई लगायतको शुल्कका रुपमा थप ४०० रुपैयाँ थपेर ४ हजार ४ सय लिन पाउनेगरि सरकारले पीसीआर जाँचको शुल्क निर्धारण गरेको हो ।

काठमाडौंका मेयर र चिकित्सक रिजाल बने कोरोना संक्रमित
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महानगरका प्रेस सल्लाहकार मोहन बास्तालाले मेयर शाक्यकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पतिले आइतबार ग्रान्डी अस्पतालमा गरेको पीसीआर परिक्षणका क्रममा कोरोना संक्रमण देखिएको जानकारी दिए । उनकी पत्नीलाइ भने कोरोना संक्रमण देखिएको छैन । लक्षण नदेखिएका मेयर शाक्य अहिले होम आइसोलेसनमा छन् । यता, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजालसँगै उनकी पत्नीमा कोरोना पुष्टि भएको छ । आफूमा शनिवार नै कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउँदै डाक्टर रिजालले आइतवारदेखि ह्याम्स अस्पतालमा भर्ना भएको जानकारी दिएका छन् ।

रोजगारीका लागि समेत विदेश जान पाउने
सरकारले नियमित उडानका क्रममा श्रम गन्तब्य मुलुकले माग गरेको श्रम सम्झौताअनुसार विदेश जान चाहाने नयाँ कामदारलाई जान दिने भएको छ । माग र श्रम सम्झौताका आधारमा नयाँ श्रम स्वीकृति खुल्ला गर्न सकिने सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए । योसँगै अब नेपाली कामदार लैजान बाटो खुला राखेका मुलुकमा जान नयाँ श्रम स्वीकृति जारी हुनेछ । सरकारले विदामा आएकालाई विदेश फर्किन दिन पुनः श्रम स्वीकृति भने यसअघि देखि नै दिइरहेको थियो । गत फागुन ३० देखि नयाँ श्रम स्वीकृति बन्द थियो । अब वैदेशिक रोजगारी खुला भएका र सम्बन्धित मुलुकले लिने अवस्थामा नयाँ श्रम स्वीकृति लिएर नेपालीहरु विदेश जान पाउनेछन् ।

खुल्यो हिमाल आरोहण
लकडाउनपछि नेपालमा पहिलो हिमाल आरोहण अनुमति दिइएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी १५ सेप्टेम्बरपछि लागू हुने गरी बहराइनका राजकुमारसहितको १५ जनाको टोली र ३ जना बेलायती नागरिकलाई नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति दिएको हो । चार्टर्ड विमानबाट नेपाल आउने उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड भने पालना गर्नुपर्ने छ । यसकारले शरद ऋतुको हिमाल आरोहण खुला गर्ने निर्णय भने यसअघि नै गरेको थियो । यस्तै सरकारले चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूतमा नवराज ढकाल र हङकङको महावाणिज्यदूतमा उदयबहादुर रानामगरलाई नियुक्त गरेको छ । संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग जेनेभाको लागि नेपाल परराष्ट्र सेवाका एक जना सहसचिव, एक जना उपसचिवको अस्थायी दरबन्दी नवीकरण गर्ने निर्णय गरेको सरकारले संयुक्त राष्ट्र संघको ७५ औं महासभामा भर्चुअल माध्यमबाट सहभागी हुन सरकारले प्रधनमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित १० जनाको प्रतिनिधिमण्डल गठन गरेको छ ।

विश्वविद्यालयको परिक्षा अब अनलाईन र अफलाईन माध्यमबाट
नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परीक्षा सञ्चालन गर्न नसक्ने भएपछि पूर्वाञ्चल विश्वविद्यालयले वैकल्पिक (टाइम–बाउन्ड होम एक्जाम) विधिबाट परीक्षा लिने भएको छ । सेमेस्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न लागिएको पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले जानकारी दिएका हुन् । पूर्वाञ्जल विश्वविद्यालय प्राज्ञिक परिषद्को आइतबार र कार्यकारी परिषद्को सोमबारको बैठकले असोज पहिलो साताबाट परीक्षार्थीले घरमै बसेर दिने परीक्षा टाइम–बाउन्ड होम एक्जाम गर्ने निर्णय गरेको हो ।

विश्वविद्यायले परीक्षा सुरु हुनुभन्दा पहिला ३० मिनेट पहिले प्रश्नपत्र क्याम्पस प्रमुख वा केन्द्राध्यक्षलाई इमेलमार्फत पठाउँछ । क्याम्पस प्रमुख वा केन्द्राध्यक्षले परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अगाडि परीक्षार्थीको इमेलमा प्रश्नपत्र पठाउँछ । निर्धारित समयमा परीक्षा दिएर उत्तरपुस्तिकामा परीक्षार्थीलाई फेरी केन्द्राध्यक्ष वा क्याम्पस प्रमुखलाई पठाउँनुपर्नेछ । केन्द्राध्यक्ष वा क्याम्पस प्रमुखले इमेलमार्फत पठाएको उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालयले ‘क्लस्टर’ छुट्याएर जाँच्न पठाउँछ । यो बिधिबाट हुने परिक्षा बारेको निर्देशिका र परिक्षा कार्यक्रम छिट्टै प्रकाशित गरिने परीक्षा नियन्त्रक प्रा.डा. संग्रौला जानकारी दिएका छन् ।

यता, मध्यपश्चिमाञ्चलमा भने अनलाइन र अफलाइन परीक्षा लिइने भएको छ । विश्वविद्यालयका परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्दप्रसाद सुवेदी विद्युत र इन्टरनेटको पहुँचमा नभएका परीक्षार्थीका लागि अफलाइन परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिए । अफलाइन परीक्षा दिने विद्यार्थीहरूले प्रश्नपत्र पाएको भोलिपल्टसम्म लेखेर बुझाउनुपर्नेछ । मध्यमाञ्चल विश्वविद्यालयद्वारा सार्वजनिक तालिका अनुसार भदौ १९ गतेसम्म मध्यवर्ती परीक्षा सम्पन्न भईसक्नेछ । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्को बैठकले भने सेमेष्टर परीक्षाको जिम्मा सम्बन्धित डिन कार्यालयलाई दिने निर्णय गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6