Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोरोना प्रभावित नेपालीका लागि सिड्नीमा हुने भयो विभिन्न तालिम, यसरी लिनुस फाइदा

कोरोना प्रभावित नेपालीका लागि सिड्नीमा हुने भयो विभिन्न तालिम, यसरी लिनुस फाइदा


सिड्नी/कोरोनाबाट प्रभावित नेपालीका लागि गैरआवासिय नेपाली संघ, अष्ट्रेलियाले सिड्नीमा विभिन्न उपयोगी तालिम संचालन गर्ने भएको छ । संघका उपाध्यक्ष तथा न्यु साउथ वेल्स राज्य संयोजक देब गुरुङले जारी गर्नु भएको सुचना अनुसार संघले मानसिक स्वास्थ्य चेतना, कोभिड, कफि बनाउने तथा मदिरा बिक्री तथा निमार्ण क्षेत्रमा काम गर्ने सम्बन्धि तालिम संचालन गर्न लागेको हो ।
राज्य स्तरमा हुन लागेको यस्तो तालिमहरुलाई संघले तेस्रो चरणको राहत कार्यक्रम भनेको छ । यसअघि एनआरएनए अष्ट्रेलियाले विभिन्न राज्यहरुमा कोरानाबाट प्रभावित बनेका विद्यार्थीहरुलाई खाद्यसामाग्री वितरण गरेको थियो । न्यु साउथ वेल्समा मात्रै ११ सय ४ जनाले राहत लिइसकेका छन् । तेस्रो चरणको कार्यक्रममा भने कोरोनापछिको समयमा आउन सक्ने मानसिक तनाव र जागिरको समस्यालाई ध्यानमा राखेर विभिन्न तालिम संचालन गर्न लागिएको संयोजक देब गुरुङले नेपालट्युबलाई बताउनुभयो ।

मानसिक स्वास्थ्य सचेतना तालिम

कोरोनाका कारण जागिर गुमाएर वा विभिन्न व्यक्तिगत समस्याले तनावमा रहेका नेपालीहरुको मानसिक स्वास्थ्यमा सुधार ल्याउन यो तालिम गर्न लागिएको हो । आगामी सेप्टेम्बर १९ र २६ तारिखमा यो तालिम गरिने गुरुङले जानकारी दिनुभयो । यो तालिममा एक पटकमा २० जना सहभागी हुनेछन् । सहभागी हुनलाई एनआरएनए न्यु साउथ वेल्सका उपसंयोजक चुना क्षेत्रीलाई सम्पर्क गर्न सक्नुहुनेछ । पहिलो २० जनाले निशुल्क तालिम लिन सक्नेछन् । यसअघि पनि जुलाई ११ र १२ तारिखमा यो तालिम भएको थियो ।

कोभिड तालिम

कोरोना भाइरस र यसले निम्त्याएको विविध आयमका बारेमा दिइने यो तालिमले अष्ट्रेयिलामा रहेका नेपालीलाई बजारको माग अनुसार जागिर खोज्न सहयोग गर्ने बताइएको छ । सेप्टेम्बर ५ तारिख बिहान १० देखि ५ बजेसम्म हुने यो तालिममा भने यहाँको पिआर र नागरिकता लिएका नेपालीमात्र सहभागी हुन पाउनेछन् । तालिममा पहिलो २० जनाले सहभागी हुनपाउनेछन् । सहभागीताका लागि न्यु साउथ वेल्सका महावाणिज्यदूत दिपक खड्कासंग सम्पर्क गर्नुपर्नेछ ।

कफि तालिम
कफि बनाउने काम अर्थात वारिष्टा । कफि बनाउने दक्षता छ भने अष्ट्रेलियामा काम पाउन निकै सजिलो हुन्छ । त्यसैलाई ध्यानमा राखेर एनआरएनए न्यु साउथ वेल्सले कफि तालिम दिन लागेको हो । यो तालिम निशुल्क गर्ने तयारी रहेको देब गुरुङले बताउनुभयो ।

आरएसए र वाइट कार्ड
अष्ट्रेलियामा निमार्ण क्षेत्रमा काम गर्न वाइट कार्ड र मदिरा बिक्री बितरणमा काम गर्न आरएसए कार्ड अनिवार्य छ । यो तालिम लिन शुल्क लाग्ने भएकाले धेरै विद्यँर्थीलाई अहिलेको समयमा यो गर्न समस्या परेको हुनसक्छ । त्यसैले एनआरएनए न्यु साउथ वेल्सले जागिर पाउने पक्का भएका पहिलो ५ जनालाई यी तालिम निशुल्क गराउने लागेको हो ।
यी तालिमहरु संचालन गर्न कम्तिमा पनि १२ हजार डलर खर्च हुने अनुमान छ । बजेट बारे केन्द्रले निर्णय गरिनसकेको पनि संयोजक गुरुङले बताउनुभयो ।

तालिम बाहेक एनआरएनए न्यु साउथ वेल्सले कामदार खोजिरहेका व्यवसायीका लागि पनि छुट्टै फारमको व्यवस्था गरेको छ । फारम भरेपछि एनआरएनएले व्यवसायीको माग अनुसारको कामदार खोजिदिन पनि सहयोग गर्नेछ । जसबाट काम खोजिरहेका र काम भएका नेपाली दुबैलाई सहयोग पुग्ने विश्वास लिइएको छ । कामदार खोजिरहेका व्यवसायीले यो फारम भर्नुहोस्

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6