Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाली चलचित्र ‘होरी’ फिल्म डेभलभमेन्ट ल्याब टोरिनो फिल्म ल्याबमा समावेश

नेपाली चलचित्र ‘होरी’ फिल्म डेभलभमेन्ट ल्याब टोरिनो फिल्म ल्याबमा समावेश


काठमाडौं ।विश्वको प्रतिष्ठित ‘फिल्म डेभलभमेन्ट ल्याब टोरिनो फिल्म ल्याब’ मा नेपाली चलचित्र ‘होरी’ ले समेत स्थान पाएको छ। कोभिडको महामारीका बेला भौतिक रुपमा ल्याब सञ्चालन गर्ने अवस्था नभए पछि ‘टोरिनो फिल्म ल्याब’ ले अनलाइन ल्याब संचालन गर्ने घोषणा गरे अनुरुप ‘होरी’ चलचित्रले ल्याबमा स्थान पाएको हो ।

अरुणदेव जोशीको निर्देशन र पटकथामा बन्न लागेको होरी चलचित्र माओवादी द्वन्द्व कालको कथामा आधारित छ। चलचित्र मुख्य रुपमा डोटेली भाषामा रहने र सुदूरपश्चिमको दार्चुलामा छायांकन गरिने चलचित्र निर्माण पक्षले जानकारी दिएको छ । सरोज शर्मा सापकोटा निर्माता रहेको चलचित्रको नाम समेत डोटेली भाषाबाटै लिइएको हो। होली पर्वलाई डोटेली भाषामा होरी भनिन्छ। यो चलचित्रले यसअघि पनि ‘युरोपियन फिल्म डेभलप्मेन्ट ल्याब ‘लिम’ मा सहभागीता पाइसकेको छ।

यसै महिना सेप्टेम्बर १४ बाट सञ्चालन हुने ल्याबमा विश्वभरीबाट १२ चलचित्र प्रोजेक्ट छानिएका छन्। जस मध्ये दक्षिण एशियाबाट भारतको एक चलचित्र र नेपालको ‘होरी’ समावेश छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6