Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : शंकास्पद मृत्यु, कोरोना मिटरदेखी उद्धारको निरन्तरतासम्म

नेपाल अपडेट : शंकास्पद मृत्यु, कोरोना मिटरदेखी उद्धारको निरन्तरतासम्म


काठमाडौं । नेपालमा उद्धार तथा नियमित उडान जारी छ । योबीचमा कोरोना संक्रमितको संख्या नै ५० हजारबाट उकालो लाग्दा ३ सय २२ जनाले यसैका कारण ज्यान गुमाउनुपरेको छ । विभिन्न समाचारहरुको भीडमा चर्चा र प्राथमिकता पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

एकै परिवारका तीन जना मृत भेटिए
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ निकोसेरामा एकै परिवारका ३ जना मृत भेटिएका छन् । प्रहरीका अनुसार ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीसँगै घरको कुकुर समेत मृत अवस्थामा भेटिएका हुन् । मृतकका भाइ सुनिल अधिकारी घरमा पुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिपको शव भेटिएको थियो । महानगरीय अपराध महाशाखाले एकै परिवारका तीन जनाको शंकास्पद मृत्यु भएको पाइएको भन्दै घटनास्थलको स्थलगत मुचुल्कास सहित थप अनुुसन्धान अघि बढाएको छ ।

घरबेटीको कुटाइबाट मृत्यु
काठमाडौँको कीर्तिपुर नगरपालिका–७ का स्थानीय प्रेमलाल महर्जनको कुटाइबाट बाराको कलैया स्थायी घर भएका ४८ वर्षीय शम्भु चौधरीको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मापसे गरेर कोठामा पुगेका चौधरीलाई घरबेटी महर्जनले भाटाले हानेर सख्त घाइते बनाएका थिए । लगत्तै चौधरीलाई उपचारका लागि कीर्तिपुर मोडल अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो । कुटपिट गर्ने महर्जनलाई यतिबेला प्रहरीले पक्राउ गरेर आवश्यक कारबाही अघि बढाएको छ ।

उकालो लाग्दै कोरोना मिटर
पछिल्लो २४ घण्टामा १ हजार ४५४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ६९६ जना कोरोना संक्रमित थपिएका छन् । यसरी थपिनेमा काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना छन् । पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोना संक्रमणमुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ३६ हजार ६७२ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।

निषेधाज्ञाकै समयमा केही भाषा परिक्षामा छुट
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाकाबीच केही भाषिक परीक्षा सञ्चालनको छुट दिएको छ । जिप्रका काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेका अनुसार टोफल, आईईएलटीएस, जीएमटी, जीआरई, जीआरएफडब्ल्यू, अक्युपेसनल अंग्रेजी टेस्ट लगायतका परीक्षा सञ्चालन गर्न पाइने भएको हो । परिक्षा सञ्चालनमा छुट दिइएपनि परीक्षा सञ्चालन गर्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी परीक्षा सञ्चालन कार्यविधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्धारित स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने छ ।

ओमानबाट स्वदेश फर्काइए ८३० नेपाली कामदार
ओमानमा कोभिड–१९ को महामारीको कारण सिर्जित विषम परिस्थितिबाट नेपाल फर्कन भन्दै दूतावासमा नाम टिपाइएका मध्येबाट शुक्रबार ३९ महिला तथा १२६ पुरूष सहित १६५ नेपाली स्वदेश फर्किएका छन् । पाँचौ उद्धार उडानसंगै ओमानबाट फर्किने नेपालीको सङ्ख्या ८३० पुगेको छ । ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुलीले पछिल्लो उद्धार उडानमा मानव तस्करको फन्दामा परी पर्यटक भिसामा गैरकानूनी बाटो हुँदै ओमान पुगेर घरेलु कामदारको रूपमा काम गर्ने क्रममा अलपत्र परेका महिलाद्वय ताप्लेजुङकी अरुणा मादेन र स्याङ्जाकी गज कुमारी श्रेष्ठलाई समेत कूटनीतिक पहलमा आवश्यक प्रक्रिया पुरा उद्धार उडान मार्फत नेपाल फर्काईएको जानकारी दिनुभयो ।

विभिन्न कम्पनीमा कार्यरत एवम् घरेलु कामदारको रूपमा कार्यरत करिब ६० जना नेपालीहरूलाई आवश्यक समन्वय तथा पहल गरी घर फिर्ता पठाइएको दूतावासले जानकारी दिएको छ । ओमानबाट स्वदेश ल्याइएकामा बाह्रदशी गापा ६, झापाकी नेत्र कुमारी राउत पनि छिन । वैदेशिक रोजगारीको सिलसिलामा घरेलु कामदारको रूपमा केही वर्ष अघि ओमान आएकी उनी २०७० सालदेखि सम्पर्कविहिन भएको भन्दै उनकै छोरा नवराज राउतले आफ्नी आमालाई नेपाल फर्काउन परराष्ट्र मन्त्रालयमार्फत निवेदन दिएका थिए । स्वदेश फर्किने यात्रुको बिदाईका लागि राजदूत पराजुली ढकाल आफै उपस्थित भएर सफल यात्रा तथा सुखमय जीवनको शुभकामना दिएकी थिइन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6