एकाबिहानै काठमाडाैमा ६ रेक्टरकाे भूकम्प, मानिसहरु सडकमा निस्किए
काठमाडाै/बुधबार बिहानै काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झड्का महशुस गरिएको छ। बिहान ५ बजेर १९ मिनेटतिर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएकाे छ । ठुलाे झट्का महसुस भएपछि काठमाडाैमा मानिसहरु घरबाट बाहिर निस्केका थिए।
केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौंसहित देशका अरू भागमा पनि महशुस गरिएको थियो। क्षतिबारे भने विस्तृत विवरण आइसकेको छैन।















तपाईको प्रतिक्रिया