Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsखुल्न थाले सौराहाका होटल, पर्यटकको पर्खाइमा व्यवसायी

खुल्न थाले सौराहाका होटल, पर्यटकको पर्खाइमा व्यवसायी


काठमाडौं,चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल बिहिबारबाट सञ्चालनमा आएका छन् । यसअघि साउन १५ बाट खुलेपनि दुई सातामै सरकारले होटल रेस्टुरेन्ट बन्द गर्ने निर्णयसँगै बन्द गरिएका थिए । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले चैत ११ गतेदेखि बन्द भएका होटल चार महिनापछि सञ्चालनमा ल्याइएपनि सरकारले होटल बन्द गर्ने भनेसँगै पुनः बन्द गरिएको जानकारी दिदै अब भने बन्द गर्ने अवस्था नआउने विश्वासमा रहेको बताउनुभयो ।

साउनमै कर्मचारी बोलाएर सरसफाई, मर्मतसम्भार, रङरोगन, इन्टरनेट जडानलगायत काम सकिन नपाउँदै बन्द गर्नुपरेका होटल व्यवस्यीहरु अहिले पुनः सरसफाई गर्दै ग्राहक कुरेर बसिरहेको छन् । सङ्घले यसअघि नै दसैँअघिदेखी होटल खोल्नुको बिकल्प नरहेको बताउँदै आएको थियो । सङ्क्रमण बढ्दै गएकाले जिल्ला लकडाउनसँगै लामो दूरीका सवारीसाधन बन्द हुँदा दुई साता होटल खोलेका व्यवसायीले समेत खासै आम्दानी गर्न सकेका थिएनन । अहिले होटल खुले पनि उनीहरु पर्यटक कति आउँछन् भन्ने पर्ख र हेरको अवस्थामै छन् । होटलका सबैजसो कर्मचारी विदामा रहेकाले जति पर्यटक आउँछन् त्यतिलाई सेवा दिन सक्ने जनशक्ति मात्र राख्ने व्यवसायीको योजना छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष भट्टराईले सौराह सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर आउने पर्यटकलाई सेवा दिन तयार रहेको जानकारी दिनुभयो । उहाँले कर्मचारी बोलाएर होटलको सरसफाइसँगै आवश्यक व्यवस्थापनका काम थालिएको बताउनुभयो ।

सौराहाका व्यवसायीहरुले लामो समय होटल बन्द हुँदा पुनः पहिलाकै अवस्थामा सञ्चालनमा ल्याउन थप लगानीको आवश्यकता रहेको बताउँदै आएका छन् ।व्यवसायीहरु दशैं र दशैंपछि हुने पर्यटकीय गतिविधिलाई लक्षित गरेर अहिलेदेखिनै तयारीमा जुटेपनि हवाई र सडक यातायातमा लागेको प्रतिबन्ध र एक जिल्लाबाट अर्को जिल्ला केही सहज हुँदा पर्यटकीय गतिविधि विस्तारै बढ्ने आशामा छन् । तत्कालै विदेशी पर्यटक नआउने भएकाले पर्यटन मन्त्रालयले सातामा दुई दिन बिदा दिने प्रस्तावसहित आन्तरिक पर्यटन प्रवद्र्धनको योजना अघि सारेकाले पनि व्यवसायी केही आशावादी देखिएका छन् । दशैंको मुखमा होटल खुल्ने तर ग्राहक आएनन् भने थप व्ययभार थपिन सक्ने प्रति व्यवसायी चिन्तित पनि देखिएका छन् ।

क्षेत्रीय होटल सङ्घका अनुसार सौराहामा ११० होटल र साना ठूला १०० हाराहारी रेष्टुरा छन् । सौराहामा होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएपनि कोरोना महामारीसँगै व्यवसाय नै बन्द अवस्थामा छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6