Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsश्रम गन्तब्य मुलुकमै ६० हजार बढी नेपाली अलपत्र, उडान संख्या बढाउन राजदूतहरुको माग

श्रम गन्तब्य मुलुकमै ६० हजार बढी नेपाली अलपत्र, उडान संख्या बढाउन राजदूतहरुको माग


काठमाडौं । वैदेशिक रोजगारी र अन्य कामले विदेश गएर कोभिड– १९ का कारण स्वदेश आउन रोकिएकाहरुलाई ल्याउन नियमित उडान संख्या थप्नुपर्ने माग सम्बन्धित देशका नेपाली राजदूतहरुले गर्न थालेका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसँगको भर्चुअल बैठकमा मलेसिया, खाडी लगायत श्रम गन्तव्य मुलुकका राजदूतहरूले यस्तो आग्रह गरेका हुन् ।

परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई उक्त कुराको जानकारी गराएको बताउँदै राजदूतहरुले समितिलाई पनि उक्त विषयमा मन्त्रालयसँग छलफल गरिदिन आग्रह गरे । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले ११ हजार बढी नेपाली श्रमिक स्वदेश फर्किए पनि अझै करिब ८ हजारले फर्किनका लागि दूतावासमा नाम दर्ता गराएको जानकारी दिनुभयो । स्वदेश फर्किन नाम दर्ता गराएका बाहेक हरेक दिन ३ सय नेपालीहरूको भिसा अवधि सकिने उहाँको दाबी थियो । प्रत्येक साता मलेसियाका लागि १६ वटा नियमित उडान आवश्यक पर्ने उहाँको दाबी थियो । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले राजदूतावासमा स्वदेश फर्किनका लागि भनेर नाम दर्ता गराउनेको संख्या ९ हजार २ सय भन्दा बढी रहेको बताउनुभयो ।

कतारमा स्वदेश फर्किन चाहनेको संख्या २० हजारभन्दा बढी रहेको राजदूत नारदनाथ भारद्वाजले जानकारी दिनुभयो । कतारका लागि दैनिक ४ वटा उडान गर्न नसके १६ हजार भन्दा बढी र दसैं–तिहारमा घर फर्किन चाहनेहरू समस्यामा पर्ने राजदूत भारद्धाजले बताउनुभयो । साउदी अरेबियाका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले २८ हजार बढीले स्वदेश फर्किन निवेदन दिएकोमा १० हजारलाई मात्रै पठाउन सकिएको जानकारी दिनुभयो । मलेसियाका लागि नेपाली राजदूत पाण्डेले कल्याणकारी कोषबाट उद्धार गर्ने नीति सरकारले लिएपनि व्यवहारिक हुन नसकेको भन्दै परिमार्जन गर्न संसदीय समितिलाई आग्रह गर्नुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6