Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसियोना बचाउ अभियान : अस्ट्रेलियामा संकलित ५ लाख रूपैयाँको चेक परिवारमा आइपुग्दै

सियोना बचाउ अभियान : अस्ट्रेलियामा संकलित ५ लाख रूपैयाँको चेक परिवारमा आइपुग्दै


अस्ट्रेलिया । ‘स्पाइनल मस्कुलर अट्रोफी’ नामक रोगबाट पीडित नवलपरासी जिल्ला रामग्राम–२ घर भएका सन्दीप श्रेष्ठ र एलिना गुरुङ श्रेष्ठकी १० महिनाकी छोरी सियोना श्रेष्ठकोे उपचारका लागि अस्ट्रेलियामा ‘रन फर सियोना’ अभियानमार्फत् ५ लाख रूपैयाँ संकलन गरिएको छ । गत सेप्टेम्बर २० तारिख आइतबारका दिन विनर्स सर्कल मिडियाले आयोजना गरेको सो च्यारिटी दौडमा सर्कलका सदस्य समीर अर्यालले ९ घण्टा दौडिएर सहयोगका लागि अपिल गर्नुभएको थियो ।

अभियानमार्फत् उठेको रकममध्ये खर्च कटाएर बचेको ५ हजार ८ सय ८३ डलर अर्थात् ५ लाख रूपैयाँ सियोना श्रेष्ठको परिवारलाई दिने गरी न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का मार्फत समीर अर्याललाई चेक हस्तान्तरण गरिएको छ । सेप्टेम्बर २८ तारिख सोमबारका दिन न्यूसाउथवेल्सस्थित महावाणिज्यदूतावासको कार्यालयमा आयोजित चेक हस्तान्तरण कार्यक्रममा अवैतनिक महावाणिज्यदूत दिपक खड्काले यो अभियानले दुःखको समयमा नेपालीहरू एकजुट छौं भन्ने सन्देश दिएको बताउँदै सियोना श्रेष्ठको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । ‘रन फर सियोना’ नाम दिइएको उक्त अभियानमा सियोनाको उपचारको निम्ति अर्थ संकलन गर्ने उद्देश्यले समीर अर्यालले सिड्नीको अबर्न–बोन्डाइ बीच–अबर्न गरी जम्मा ९ घण्टा दौडिएर आर्थिक सहयोगको अपिल गर्दा उनीसँगै संस्थाका अन्य पदाधिकारीहरूले सहयोग संकलन गरेका थिए ।

विनर्स सर्कल मिडियाका ‘एडमिनिस्ट्रेटर’ रोशन खतिवडाले ‘रन फर सियोना’ अभियानमा १ सय ४७ जनाले आर्थिक सहयोग गरेको जानकारी दिनुभयो । तास्मानियाबाट विशाल पाण्डेले दिएको पेन्टिङ्ग र दौडमा सहभागी समीरले लगाएको टिसर्टलाई लिलामी गरेर पनि रकम उठाइने खतिवडाले जानकारी दिनुभयो । विशुद्ध परोपकारी उद्देश्य राखेर सहयोग गर्ने मनकारी मनहरूलाई खतिवडाले धन्यवाद दिनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6