Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा घरेलु हिंसाका कारण ९ दिनमा १ महिलाको हत्या, यसरी लिनुस सहायता

अष्ट्रेलियामा घरेलु हिंसाका कारण ९ दिनमा १ महिलाको हत्या, यसरी लिनुस सहायता



सरल गुरुङ/ ब्रिजवेन
अष्ट्रेलिया बहुसांस्कृतिक तथा विकसित देश हो । तर, अष्ट्रेलियाको समाजमा पनि घरेलु हिंसा एक समस्याको रुपमा छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । अष्ट्रेलियन तथ्यांक ब्युरोको तथ्यांकले सन् २०१६ मा गरेको व्यक्तिगत सुरक्षा सर्भेले २२ लाख अष्ट्रेलियनले आफ्नो पार्टनरबाट शाररिक र यौन हिंसा भोगेको भेटिएको थियो । त्यस्तै ३६ लाखले आफ्नो पार्टनरबाट भावानात्मक हिंसा भोगेको भेटिएको थियो । २२ लाख अष्ट्रेलियनले त १५ वर्षको उमेर देखि नै यौन हिंसा भोग्नु परेको दुखद तथ्यांक पनि सर्भेका क्रममा फेला परेको छ ।
सरकारको अष्ट्रेलियन इन्स्टीच्युट अफ हेल्थ एण्ड वेलफेयरको तथ्यांक अनुसार ६ जनामध्ये १ महिला र १६ जनामध्ये १ पुरुषले आफ्नो हालको वा पुर्व पार्टनरबाट शाररीक र यौनहिंसा भोगिरहेका छन् । प्रत्येक ९ दिनमा एक महिला र २९ दिनमा १ पुरुष आफ्नो पार्टनरबाट मारिने गरेको पनि तथ्यांकमा उल्लेख छ ।
घरेलु हिंसाका सबै घटना प्रहरीसम्म पुग्द सक्दैन । डर र लाज जस्ता कारणले आफुमाथी भएको हिंसाबारे प्रहरीमा उजुरी नगर्नेहरुमा आप्रवासी समुदायका बढी रहेको अनुमान छ । अष्ट्रेलियाका नेपाली समुदाय पनि पारिवारिक तथा घरेलु हिंसा नभएको होइन । यतैको पिआर र नागरिकता लिएका मात्र होइन, पढ्न आएका विद्यार्थी जमातमा पनि घरेलु हिंसा व्याप्त छ । तर, आफु माथी हिंसा भइरहदा पनि कानुनी सहायता खोज्नेहरु कम छन् । इज्जत जाने डर एकातिर छ भने, विभिन्न भिषामा रहेकाहरुले पनि आफ्नो भिषामा नै समस्या आउने हो कि भन्ने गलत बुझाईले धेरैले उजुरी नगर्ने ब्रिजवेनस्थित पारिवारिक तथा अध्यागमन कानुन व्यवसायी बुनु गौतमले बताउनुभयो । त्यस्तै घरेलु हिंसा बारे कहा गएर सहायता लिने भन्ने थाहा नहुदा पनि धेरै नेपालीले हिंसा सहेरै बसिरहेको हुनसक्ने गौतमको भनाई छ।
आफुमाथी भईरहेको कुनै पनि हिंसा सहेर बस्न नहुने तथा त्यसको कानुनी उपचार खोज्नुपर्ने सिड्नीस्थित डिएम लिगलका पारिवारीक कानुन व्यवसायी खिलेन्द्रराज तिमल्सिनाले बताउनुभयो ।
तर, कानुनी सहायता कसरी पाउन सकिन्छ त ? यो प्रश्न धेरैको मनमा उठेको हुनपर्छ । घरेलु हिंसाको उजुरी सिधै प्रहरीमा गर्न सकिन्छ । तर, प्रहरीकोमा जानु अघि तपाईलाई कुनै पनि कानुनी सहायता चाहिएमा थुप्रै निशुल्क कानुनी सेवा दिने निकायहरु उपलब्ध छन् छन् ।  यदि तपाईमाथी कुनै पनि पारिवारीक हिंसा भएको छ भने तलको निकायमा सम्पर्क गर्न सक्नुहुनेछ ।

समाचारमा राखिएको महिलाको तस्बिर केबल समाचारका लागि मात्र नाटकिय ढंगले खिचिएको हो ।  Photo is featured for the news purpose only.  

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6