Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यस्ता छन् प्रमुख पाँच खबर

नेपाल अपडेट : यस्ता छन् प्रमुख पाँच खबर


काठमाडौं । कोरोनाको संक्रमण र मृत्युदर उच्च देखिएको नेपालमा अन्तर्राष्ट्रिय सीमा थप एक महिना बन्द रहने भएको छ । बजार अनुगमनको तिब्रतासँगै नेपालमा चर्चा र महत्व पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

उपत्यकाका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल
सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो । अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने निर्णय पनि भएको छ । यस्ता होटलमा संक्रमितबाहेक अरुलाई राख्न प्रतिबन्ध लगाइएको छ ।

काठमाडौं उपत्यकालाई नाकाबन्दी गर्न सुझाब
सरकारलाई संसदीय उपसमितिले दसैँं–तिहारको समयमा उपत्यका प्रवेश गर्ने नाका बन्द गर्न सुझाव दिएको छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको ‘कोभिड १९ नियन्त्रणमा सरकारको कामकारबाही अनुगमन उपसमिति’ ले उपत्यका प्रवेशको नाका सिल नगरे कोरोना भाइरस (कोभिड–१९) को महामारी थप भयावह हुने तर्फ सरकारलाई चेतावनी दिएको हो । सोमबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उपसमितिले गरेको अध्ययन र अनुगमनको निष्कर्ष र सुझाव सुनाउँदै संयोजक जीवनराम श्रेष्ठले हटस्पट बनेको उपत्यकाको कोरोना नियन्त्रण गर्न दसैँ– तिहारको बीचमा उपत्यकाको बोर्डर सिल गर्नुपर्ने बताउनुभयो । उपसमितिले उपत्यका र उपत्यका बाहिरका विभिन्न जिल्लामा पुगेर कोरोना महामारी रोकथाममा सरकारले गरेको कामको अनुगमन गरी प्रतिवेदन समेत तयार पारेको छ । उपत्यका बाहिर कोरोना महामारीबाट बच्न सतर्कता नअपनाइएको र अत्यधिक हेलचेक्र्याईं भएको टोलीको निष्कर्ष छ । समिति सभापति जयपुरी घर्तीले सरकारको काम कारबाहीलाई थप व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले लकडाउन गर्ने विषय राजनीतिक निर्णय भएको भन्दै आवतजावतमा कडाई गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

नक्कली डाक्टर पक्राउ
प्रहरीले वीरगञ्जबाट नक्कली डाक्टर बनेर बिरामीको उपचार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले दुई दिन अघि पक्राउ परेका बिन्दवासिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय नारद साह तेलीलाई सार्वजनिक गरेको हो । वीरगञ्ज–२ छपकैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा कार्यरत उनले डाक्टर शिवशंकर यादवको नाममा आफैंले बिरामीहरुको जाँच गरी औषधि उपचार तथा गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड समेत गर्ने गरेको उजुरी प्रहरीकोमा आएको थियो । डाक्टरको नाममा आफैंले बिरामी जाँच गरेर ठग्ने गरेको गुनासो आएपछि नारदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो । सीएमए मात्रै पढेका उनले डाक्टरको नाममा सबै काम आफैंले गर्दै आएको पाइएको छ । तेली विरुद्ध मुलुकी अपराध संहित २०७४ को परिच्छेद १९ को दफा २३० सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरिएको छ । अदालतले अनुसन्धानका लागि ७ दिनको म्याद दिएको छ ।

२१ उद्योग विरुद्ध कारबाही
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २१ वटा उद्योग विरुद्ध मुद्दा चलाएको छ । खाद्य ऐन विपरीत रहेका दुई उद्योगको उत्पादन रोक्का गरिएको र अन्य २१ उद्योग विरुद्ध मुद्दा चलाइएको हो । विभाग र मातहतका कार्यालयबाट ३९८ स्थानका होटल, खाद्य उद्योग, दाना उद्योग खाद्य पसलमा अनुगमन गरिएको छ । खाद्य पदार्थ तथा दाना उद्योगको २७८ र खाद्य स्वच्छता सम्बन्धि १५५ गरी ४३३ नमूना सङ्कलन र तिनको परीक्षणका क्रममा १४ वटा नमूना प्रतिकुल देखिएकाले कारावही गरिएको छ भने बाँकी अनुसन्धान कै क्रममा छन् । विभागअन्तर्गत मुलुकमा २४ डिभिजन कार्यालय र १२ स्थानमा खाद्य आयात र निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय क्रियाशिल रहेका छन् । विभागले चाडपर्वका अवसरमा अनुगमन कार्यलाई तिब्र दिएको छ ।

सीमा नाका थप एक महिना बन्द,सिम्रिक एयरलाई उद्दार अनुमति
सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने भएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको हो । यसअघि नेपालसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णयलाई निरन्तरता दिँदै थप एक महिना थप गरिएको छ । अब अन्तर्राष्ट्रिय सीमा नाका कार्तिक मसान्तसम्म बन्द रहनेछन् । सिम्रिक एयरलाई कोरोना भाइरस सक्रमित बोक्ने तथा उद्दार गर्ने अनुमति दिइएको छ । नागरिक उड्डयन प्राधिकरणले सोमबार सूचना जारी गर्दै सिम्रिक एयरको हेलिकोप्टरलाई कोरोना भाइरस संक्रमितको उद्धार गर्न अनुमति प्रदान गरेको जानकारी दिएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6