Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaग्यारेजबाट सुरु नेपालीको रियल स्टेट अष्ट्रेलियाभर फैलदै

ग्यारेजबाट सुरु नेपालीको रियल स्टेट अष्ट्रेलियाभर फैलदै


सरल गुरुङ/ब्रिजवेन

गरे के संभव छैन र ? नेपाली भाषाको यो पुरानो उक्ति अष्ट्रेलियाका तीन नेपाली युवाको जीवनमा चरितार्थ बन्न थालेको छ । केही वर्ष अगाडीसम्म अर्काको काम गरेर गुजारा चलाइरहेका तीन नेपाली युवाले सुरु गरेको रियल स्टेट कम्पनी अहिले अष्ट्रेलियाको विभिन्न राज्यमा फैलिदै गएपछि गरेपछि जे पनि संभव हुदो रहेछ भन्ने कुरा थप पुष्टी भएको हो ।
सन् २०१७ को फेब्रवरी ७ तारिख, मेघराजराज पौडेलको सिड्नी एडमण्डसन पार्कस्थित घरको ग्यारेजमा एउटा रियल स्टेट कम्पनी सुरुवात भयो, जसको नाम थियो मल्टिडायनामिक रियल स्टेट । तीन महिना ग्यारेजबाट काम गरेको मल्टिडायनामिक तीन वर्षको अन्तरालमै अष्ट्रेलियाको मेलवर्न, क्यानवेरादेखि एडिलेडसम्म पुगेको छ ।
अक्टोबर २१ तारिख बुधबार साउथ अष्ट्रेलियाको एडिलेडमा मल्टि डायनामिकको छैटौ फेन्चचाइज कार्यालय खुलेको हो । साउथ अष्ट्रेलियाका पुर्व सभामुख रसेल वाट्लेले कार्यलयको उद्घाटन गर्नुभएको हो । उदघाटनपछि रसेलले रियल स्टेट व्यवसायमा नेपालीहरुको प्रवेश निकै महत्वपुर्ण रहेको समेत जिकिर गर्नुभयो । केही समयपछि कुइन्सल्याण्ड राज्यको ब्रिजवेनमा पनि फ्रेचचाइज कार्यलय खोल्ने तयारी अन्तिम चरणमा पुगेको कम्पनीका एक संस्थापक निर्देशक विजय पलले बताउनुभयो ।

यसरी फुर्यो आइडिया

अष्ट्रेलियामा नेपाली आउने क्रम ह्वात्तै बढ्न थालेको सन् २००८ पछि हो । त्यहि भडमा मिसिएर सन् २००९ तिर मेघराज पौडेल पनि डाउन अण्डर उत्रिनु भएको रहेछ । नेपालमा शिक्षक पेशामा आवद्ध पौडेले केही समय डायनामिक भन्ने इष्टिच्युट चलाएर व्यवसाय गर्न थाल्नु भएको थियो ।  अब जागिर भन्दा आफ्नै व्यवसाय गर्ने सोच नेपालबाटै बनाएपनि, रियल स्टेटको बारेमा सिक्नका लागि केही वर्ष पौडेलले केही वर्ष रे ह्वाइट रियल स्टेटमा काम गनुभयो ।
आफुले घर भाडा लिदा पाएको सास्तीले अन्य नेपालीले पनि अष्ट्रेलियामा घरभाडामा लिदा समस्या भोगिरहेको विषयमा मेघराज परिचित हुनुहुन्थ्यो । त्यहि समस्या समाधान गर्न आफैले रियल स्टेट व्यवसाय सुरु गर्ने सोच बनाएको मेघराजले बताउनुभयो । त्यहि क्षेत्रमा काम गरिरहेका विष्णु सापकोटा र विजल पलसंग भेट भएपछि मिलेर रियल स्टेट व्यवसाय खोल्ने तयारी भयो । सुरुमा विजयसमेत काम गरिसकेको रे ह्वाइट रियल स्टेटकै फ्रेन्चचाइज लिएर व्यवसाय सुरु गर्ने तयारी भएको मेघराजले बताउनुभयो । तर, त्यो फ्रेन्चचाइजको अर्को शाखा खोल्न नमिल्ने भएकाले यी तीन युवाले आफ्नै नया ब्राण्ड सुरु गर्ने जमर्को गरेका हुन् ।
‘हामी बिग ब्राण्डमा काम गरिसकेका कर्मचारीहरु थियौ’- संस्थापक निर्देशक विष्णु सापकोटाले भन्नुभयो- ‘रे ह्वाइटले त फ्रेन्चचाइज दिने निर्णय समेत गरिसकेको थियो, तर, अन्य स्थानमा शाखा खोल्न नसकिने भएकाले हामीले आफ्नै ब्राण्ड सुरु गरेका हौ ।’
नेपालीले यसअघि पनि फट्टाफुट्ट रियल स्टेट व्यवसाय सुरु नगरेका होइनन् । तर, ठुलो लगानी र व्यवस्थित तवर आएको मल्टिडायनामिक नै नेपाली समुदायबाट देखिएको रियल स्टेट व्यवसाय हो ।

तीन संस्थापक निर्देशक दायाँबाट विष्णु सापकोटा, मेघराज पौडेल र विजय पल

तीन जना संस्थापकहरुले पहिले देखि नै रियल स्टेट व्यवसायमा काम गरिसकेकाले उनीहरुको आफ्नै ग्राहक थिए । तीनै ग्राहकलाई मल्टिडायनामिकमा ल्याउन सफल भएकाले सुरुवातम ग्राहक खोज्न समस्या नपरेको निर्देशक विजय पलको भनाई छ । ‘हामी तीनै जना पहिलेदेखि नै यो व्यवसायमा भएकाले तीन महिनामै ४० वटा प्रोपर्टी किनबेच गर्न सफल भयौ’- विजयले भन्नुभयो ।

१५ सय ग्राहकलाई सन्तुष्टी, ७० लाखको बजार मुल्य

तीन जना निर्देशकको तीन लाख डलर लगानीमा खुलेको मल्टिडायनामिकको सिड्नीमा मात्रै इंगलवर्न, अर्बन र ओरानपार्कमा कार्यलय छ । हाल ६ वटै फ्रेन्चचाइजको सम्पत्ति झण्डै ७० लाख डलर बराबर पुगेको अनुमान गरिएको निर्देशक मेघराज पौडेलेले नेपालट्युबलाई बताउनुभयो । मल्टिडायनामिकमा हाल ४५ जनाले प्रत्यक्ष काम गर्छन् । मल्टिडायनामिकले ३ वर्ष ९ महिनामा १५ सय ग्राहकलाई घरजग्गा किनबेच र भाडा सम्बन्धि सेवा दिइसकेको बताइएको छ । ग्राहकमध्ये ४० प्रतिशत नेपालीमूलका र ६० प्रतिशत अन्य मल्टिकल्चरल समुदायको भएको निर्देशक सापकोटाले जानकारी दिनुभयो । नया घर किन्नेमा नेपालीको बाहुल्यता घेरै रहेको तथा घर भाडामा लगाउने ग्राहकहरुमा अन्य समुदायका ग्राहकको संख्या बढी रहेको सापकोटाको भनाई छ । ठुलो फ्रेन्चचाइज कम्पनीसंग प्रतिष्प्रर्धा गर्न केही अप्ठ्यारो परेपनि गुणस्तरिय, विश्वासिलो र छरितो सेवा दिएका कारणले ग्राहकहरुको माया पाएको सापकोटाले बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6