Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News४ अर्ब २५ करोड २७ लाख बजेट निकासा, देशभर थपिदै ३५ सय अक्सिजन बेड

४ अर्ब २५ करोड २७ लाख बजेट निकासा, देशभर थपिदै ३५ सय अक्सिजन बेड


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन बेड अर्थात हाई डिपेन्डेन्सी युनिट (एचडीयू) सेवा विस्तार गर्न भन्दै अस्पतालहरु छनोट गरेर रकम पठाउन सुरु गरेको छ । देशभर ३५०० एचडीयू थप्न अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब २५ करोड २७ लाख २० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

उपत्यकाको त्रिवि शिक्षण, पाटन र वीर अस्पतालमा १००/१०० अक्सिजन वेड थपिने भएका छन् । यस्तै परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, नेपाल पुलिस अस्पताल, कीर्तिपुर आयुर्वेद अनुसन्धान केन्द्र, धुलिखेल अस्पताल, दहचोक अस्पताल, निजामती अस्पताल, वीरेन्द्र अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा ५०/५० एचडीयू थपिनेछन् । नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, किस्ट अस्पताल, कान्ति अस्पताल, नरदेवी अस्पताल, मानसिक अस्पताल, मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, मानव अंग प्रत्यारोपण केन्द्र, गंगालाल हृदयरोग केन्द्र, चापागाउँ अस्पताल, भक्तपुर नगरपालिका अस्पताल, भक्तपुर अस्पताल, सुमेरु अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, मेडिसिटी अस्पताल, ह्याम्स अस्पताल, ग्राण्डी अस्पताल, अल्का अस्पताल २५\२५ वटा अक्सिजन बेड थप्न छनोटमा परेका छन् ।

उपत्यका बाहिर हरेक प्रदेशका तीनतीन अस्पतालमा २५/२५ एचडीयू थपिने भएको छ । प्रदेश १ को धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनटरस्थित कोशी अस्पताल र झापाको मेची अस्पताल, प्रदेश २ को नारायणी, प्रादेशिक अस्पलाल र राजविराजको गजेन्द्र नारायण सिंह अस्पताल तथा बाग्मती प्रदेशको भरतपुर, हेटौंडा र धुलिखेल अस्पताल छनौटमा परेका छन् । गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बाग्लुङ र गोरखा अस्पताल, लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल, कर्णाली प्रदेशका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अस्पताल र जाजरकोट अस्पताल तथा सुदूरपश्चिमको सेती, महाकाली र डडेलधुरा अस्पतालमा २५ अक्सिजन बेड थपिने भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6