भिक्टोरियाका प्रिमियर ड्यानियल सहित मन्त्री र सांसदको दशै शुभकामना, सुरक्षित भएर मनाउन आग्रह
ब्रिजवेन, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यका प्रिमियर ड्यानियल एन्ड्रयूले नेपालीहरुको बडादशैको अवसरमा शुभकामना दिनुभएको छ । आफ्नो राज्यमा बसोबास गर्ने नेपाली समूदायको विशेष दिनका रुपमा दशैलाई चर्चा गर्दै कोरोना महामारिले अवस्था असहज भएपनि फरक तरिकाले दशै मनाउन आग्रह गर्नुभएको छ ।
एक सन्देश जारी गर्दै प्रिमियर एन्ड्रयूले आफ्नो परिवार र समूदायलाई सुरक्षित राख्ने अभियानमा साथ दिएको भन्दै नेपाली समूदायलाई सरकारको तर्फबाट धन्यवाद दिनुभएको छ । अष्ट्रेलियाको भिक्टोरिया कोरोना भाईरसका कारण अहिले पनि लकडाउनको सामना गरिरहेको छ । २५ किलोमिटरको दायरामा केही खुकुलो बनाइएको भएपनि पूर्ण रुपमा खुला नभएका कारण एक परिवारका व्यक्तिहरु अर्को परिवारलाई घरमा भेट्न रोक लगाइएको छ । सर्वसाधारणहरुले सार्वजनिक स्थलमा भेट्न पाउने भएपनि सामाजिक दूरी अनिवार्य पालना गर्नुपर्नेछ ।
प्रिमियर ड्यानियल एन्ड्रयूले जारी गरेको शुभकामना सन्देश

यस्तै, अध्यागमन तथा बहुसंस्कृति मामिला मन्त्री एलन टज, न्यू साउथ वेल्स राज्यका लिभरल सिनेटर एन्ड्रयू ब्रागले समेत अष्ट्रेलियामा रहेका नेपाली समूदायलाई दशैको शुभकामना दिनुभएको छ । महामारिको समयमा अष्ट्रेलियामा रहेका नेपालीले खेलेको सकारात्मक भुमिकाको दुबैले प्रशंशा गर्नुभएको छ । मिनिस्टर एलन टजले कोभिड–१९ का कारण अवस्था प्रतिकुल भएपनि १५ दिनसम्म सुरक्षित रहेर दशै पर्व मनाउन आग्रह गर्नुभएको छ ।
मन्त्री एलन टजले जारी गरेको शुभकामना सन्देश

https://www.tiktok.com/@nepal_tube_official/video/6885986738318085377?_d=secCgsIARCbDRgBIAMoARI%2BCjxj%2FPwL2YZtIwWrqMEfBtua%2FC4gSx4jTDjWsiUOoKRd94lWDxk6lBhbo%2FTla%2Fk62Ckqpng7WSRRvuC7SDEaAA%3D%3D&language=en&preview_pb=0&sec_user_id=MS4wLjABAAAAyL7ralSIqdO-Cz1D1c6IqNRXoR1Zygx6GavrMXdphQ-G9y8nnJseivwifPVt-qtV&share_app_name=musically&share_item_id=6885986738318085377&share_link_id=862b0526-65c6-4d62-878e-2f94bd90374a×tamp=1603505985&u_code=dejl0de7k2f6f6&user_id=6878251856234300421&utm_campaign=client_share&utm_medium=android&utm_source=messenger&source=h5_m















तपाईको प्रतिक्रिया