Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsर्यापर भिटेनलाई कारबाही गर्न प्रहरीबाटै पत्राचार, टेन्ड्रिङ एकको भिडियो कसरी भयो प्राइभेट ?

र्यापर भिटेनलाई कारबाही गर्न प्रहरीबाटै पत्राचार, टेन्ड्रिङ एकको भिडियो कसरी भयो प्राइभेट ?


काठमाडौं । भिटेन उपनामले चिनिने र्यापर समीर घिसिङलाई कारबाही गर्न भन्दै प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि युट्युबमा राखेको भिडिओ प्राइभेट गरिएको छ । बिहीबार दिउँसोसम्म युट्युबको टेन्ड्रिङमा पहिलो नम्बरमा रहेको भिडिओ साँझबाट एकाएक हराएको हो ।

भिटेनको युट्युब च्यानल भिटेन म्युजिकमा १० लाख बढी सब्क्राइबर भएपनि उक्त च्यानलमा जाँदा अहिले भिडिओ बजाउन नमिल्ने बनाइएको छ । भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न प्रहरी प्रधान कार्यालयले बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखेको थियो । भिटेनले पछिल्लो पटक ‘पारा’ शीर्षकमा नयाँ भिडिओ सार्वजनिक गरेसँगै प्रहरीले अनुसन्धानलाई तिब्रता दिएको थियो ।

यसअघि समेत भिटेनलाई आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरिसकेको छ । एक वर्षअघि समेत भिटेन र्यापको बिषयले विवादमा तानिएका थिए । प्रहरीले पक्राउ गरी उनलाई भिडिओ डिलिट गर्न लगाएको थियो । आइन्दा समाजलाई अपाच्य हुने, अपशब्ध शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले उनलाई बिनाकारबाही रिहा गरेपनि उहि प्रकृतिका गल्ति दोहोर्याएको भन्दै यसपटक प्रहरी आफैले कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडिओ सार्वजनिक गरेपछि कारबाही गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । भिडियोमा प्रयोग भएका शब्द सभ्य समाजले पचाउन नसक्ने, प्रहरीलाई मात्र नभएर नेपाली चेलिबेटी तथा समाजलाई असभ्य हुने भन्दै आलोचना समेत हुँदै आएको छ । साइबर ब्युरोले प्रधान कार्यालयले लेखेको चिठी प्राप्त गरेको साइबर ब्युरोका प्रमुख नवीन्द्र अर्यालले भिडिओ कुन अवस्थामा कसरी खिचिएको वा सार्वजनिक गरिएको हो, को–को संलग्न छन्, भन्ने बारे अनुसन्धानको प्रारम्भिक चरणमा रहेको जानकारी दिनुभयो ।

प्रहरीको अनुसन्धान प्रक्रिया सुरु हुँदा नहुँदै बिहिबार रातीबाट युट्युब टेन्ड्रिङको पछिलो नम्बरमा रहेको भिडियो प्राइभेट भएको छ । अब भिटेन पक्राउ पर्छन वा घटना यत्तिकै सामसुम हुन्छ ? सबैको चासो यतातर्फ मोडिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6