Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपदयात्राका १२ गन्तब्य खुला, अन्नपुर्ण पदमार्ग र घान्द्रुमा अझै प्रतिबन्ध

पदयात्राका १२ गन्तब्य खुला, अन्नपुर्ण पदमार्ग र घान्द्रुमा अझै प्रतिबन्ध


काठमाडौं । कोभिड–१९ को महामारीपछि खुलेको नेपाली पदयात्राका लागि एक दर्जन गन्तव्य सहज बनेका छन् । सरकारले १७ अक्टोबरबाट विदेशी पर्यटकले समेत पदयात्रा गर्न पाउने गरी खुला गरिसकेको छ । पदयात्रा खुला भएयता १२ वटा गन्तब्य पर्यटकका लागि सहज बनेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले जानकारी दिएको छ ।

हिमाली क्षेत्रमा जारी गरिएका साविकका केही निषेधित क्षेत्रमा भने अहिले पनि पर्यटकको प्रवेशमा प्रतिवन्ध कायमै छ । टानकी महासचिव सरिता लामाले पदयात्राका दौरान पर्यटक र पर्यटन व्यवसायीले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड भने पालना गर्नेपर्ने भएकाले पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य हुनुपर्ने बताउनुभयो । तोकिएको दिनसम्म होटल क्वारेन्टिनमा बस्नु पर्छ । पदयात्रीले पदयात्रा अनुमति समेत लिनुपर्नेछ ।

कुन कुन गन्तब्य पर्यटकका लागि खुला ?

सगरमाथा आधार शिविर पदयात्रा मार्ग
कंचनजङ्गगा पदयात्रा क्षेत्र
मनास्लु पदयात्रा क्षेत्र
मार्दी हिमाल पदयात्रा क्षेत्र
मनाङ पदयात्रा क्षेत्र
मुस्ताङ पदयात्रा क्षेत्र
डोल्पा पदयात्रा क्षेत्र
हुम्ला पदयात्रा क्षेत्र
हेलम्बु पदयात्रा क्षेत्र
रुवीभ्याली पदयात्रा क्षेत्र

खुला गरिएका पदयात्रा मार्ग क्षेत्रमध्ये डोल्पामा भने पर्यटकको आगमनमा केही सर्तसहित कडाइ गरिएको छ ।

डोल्पामा १४ दिन क्वारेन्टिन अनिवार्य
महासचिव लामाका अनुसार यहाँ जुनसुकै प्रवेश विन्दुबाट पुग्दा पनि पीसीआर रिपोर्ट नेगेटिभ आएका पर्यटकले मात्र प्रवेश पाउने छन् । डोल्पा प्रवेश गरेपछि उनीहरु कम्तीमा १४ दिन आफ्नै खर्चमा क्वारेन्टिन बस्नु पर्नेछ । त्यसपछि मात्र उनीहरुले डोल्पामा पदयात्राको अनुमति पाउने छन् । सरकारको स्वास्थ्य मापदण्ड अनुसार नेपालमा आउने पर्यटकलाई पछिल्लो ७२ घण्टाको पीसीआर नेगेटिभ आएको रिपोर्ट र नेपालमा ७ दिन होटेल क्वारेन्टिनका लागि बुकिङ गरेपछि नेपाल आउने अनुमति दिइन्छ । डोल्पा प्रवेशमा भने कडाइ गरिएको छ ।

एभरेष्ट पदयात्रा शर्तसहित खुला
सगरमाथा आधार शिविरसम्म पुग्ने एभरेष्ट पदयात्रा मार्गमा यसअघि लागेको प्रतिवन्ध शर्तसहित खुलेको छ । खुम्बु पासाङ्गल्हामु गाउँपालिकाले ९ कात्तिकमा एक निर्णय गर्दै ६ कात्तिकमा लागेको अनिश्चितकालीन प्रतिवन्ध फुकुवा गरेपनि गाउँपालिकाले निश्चित अस्पताल तोकेर ती अस्पतालबाट गरेको परीक्षणलाई मात्र गाउँपालिकामा मान्यता दिने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले सबै सरकारी अस्पताल र निजीमा ह्याम्स हस्पिटल, स्टार अस्पताल र बीएण्डबी हस्पिटलबाट गरिएको पीसीआर परीक्षणलाई मात्र गाउँपालिकाले मान्यता दिने जानकारी दिनुभयो । यसअघि निजी अस्पतालको फर्जी रिपोर्ट लिएर समेत मानिस गाउँपालिका छिरेको पाइएको भन्दै यस्तो निर्णय गरिएको हो ।

अझै बन्द अन्नपूर्ण पदमार्ग र घान्द्रुक
देशका १२ वटा पदयात्रा मार्ग खुला भएपनि आकर्षकमध्येको एक अन्नपूर्ण पदमार्गमा स्थानीय पर्यटन व्यवसायीकै पहलमा अझसम्म बन्द छ । स्थानीय स्तरमा कोरोना भाइरसको संक्रमण नफैलियोस भन्दै स्थानीय पर्यटन व्यवसायीबाटै बन्द गरिएको यो पदयात्रा नखुल्दा अन्नपूर्ण र घान्द्रुकमा तत्काल पर्यटक जान पाउने सम्भावना देखिदैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6