Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalभारतमा सुरुभयो समुन्द्री विमान सेवा, प्रधानमन्त्री मोदीले गरे उद्धाटन

भारतमा सुरुभयो समुन्द्री विमान सेवा, प्रधानमन्त्री मोदीले गरे उद्धाटन


एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समुद्री विमान सेवाको उद्घाटन गर्नुभएको छ । शनिबार नर्मदा जिल्लामा पर्ने केभाडियाबाट अहमदावादको साबरमतीमा अवतरण गरी प्रधानमन्त्री मोदीले समुद्री विमान सेवाको सुभारम्भ गर्नुभएको हो ।

दुई दिने गुजरात भ्रमणका क्रममा रहेनुभएका प्रधानमन्त्री मोदीले सरदार पटेलको १४५औँ जन्मजयन्तीमा समुद्री विमान सेवाको सुरु गर्नुभएको छ । समुद्री विमान सेवा प्रधानमन्त्री मोदीको ड्रिम प्रोजेक्टका रूपमा व्याख्या गर्ने गरिएको छ । करिब २ सय किमीको यो दुरीमा भारतीय नागरिकले १५ सय रुपयाँमा एकतर्फी उडान यात्रा गर्न पाउनेछन् ।

यो फ्लाइट करिब ४० मिनेटको हुनेछ । समुद्रमाथि अवतरण गर्न सक्ने ट्विनअटर–३०० मोडलको यो विमानमा १५ सिट क्षमता छ । यो विमानले केभाडियादेखि साबरमतीको दुरीमा दैनिक ४ उडान गर्न सक्ने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6