Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपाल अपडेट : यस्ता छन प्रमुख पाँच खबर

नेपाल अपडेट : यस्ता छन प्रमुख पाँच खबर


काठमाडौं । कोरोना कहर जारी रहेको नेपालमा विभिन्न विपद्धका घटना भइरहेका छन् । कोरोना कहरमा चिकित्सकको राजीनामा, रोकिएका परिक्षा सञ्चालनको तयारी, तस्करबाट गैडा मारेर खाग लगिएको लगायतका प्रमुख पाँच खबर यस्ता छन् ।

सुख्खा पहिरोबाट ५ जनाको मृत्यु
नवलपुरको बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत ७ जना मजदुर पुरिएकोमा पाँच जनाको मृत्यु भएको हो । सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला माथिबाट खसेको पहिरोमा मजदुरहरु पुरिएका थिए । मृत्यु हुनेहरु सबै बुलिङटार–४ का बासिन्दा हुन् । २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुंगेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामीको शव इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली र स्थानीयले बाहिर निकालेका थिए । पहिरोमा पुरिएर घाइते भएका २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगरको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

१७ जना चिकित्सकको समुहिक राजीनामा
वीर अस्पतालको आकस्मिक कक्षका कार्यरत १७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । कोभिड १९ महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै १६ जना मेडिकल अधिकृतहरुले बुधबार सामूहिक राजीनामा दिएका हुन् । अस्पतालको निर्देशकलाई बुझाएको राजीनामा पत्रमा आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता नदिएको, धम्कीसहित जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराएको सेवा सुविधा उपलब्ध नगराएको स्मरण गराइएको छ । दसैँ नजिकिँदै गर्दा वीर अस्पतालका चिकित्सकहरुले गत २ कात्तिकमा आन्दोलन गरेका थिए । अस्पतालका डाइरेक्टर डा. केदार सेन्चुरीले भने डाक्टरहरुले काम गर्दैनौँ भन्न नमिल्ने बताउँदै आउनुभएको छ ।

त्रिविका परिक्षा अब घर पायकको परिक्षा केन्द्रबाट
त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएसँगै अब धेरै विद्यार्थीहरु परिक्षाका लागि काठमाडौँ आउनुपर्ने बाध्यता हटेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा कोभिडका कारण घरघरमा पुगेका विद्यार्थीको सहजताका लागि विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको तोकेको परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाइएको हो । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था मिलाइएको बताउनुभयो । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन् । त्रिविले यही मङ्सिर दोस्रो हप्ताबाट स्थगित भएका सबै तहको परीक्षा गर्ने तयारी गरेको छ ।

प्रवेशपत्र पनि अनलाइनबाट आफैँ विद्यार्थीले प्रिन्ट गरेर लिनेसक्ने व्यवस्था गरिएको छ । बताए । कोभिड–१९ को कारणले गत चैत ७ गतेदेखि त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित भएका थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएअनुसार नै तयारी भएको बताइएको छ । विद्यार्थीको २० प्रतिशत नम्बर आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को नम्बरबाट गणना गरिन भएकाले कक्षा १२ को परिक्षा ४० पुर्णाङ्कको मात्रै हुनेछ । बोर्डले कोभिड १९ सङ्क्रमित भएका परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने बताइएको छ ।

बढ्दै कोरोनाका गम्भिर विरामी
नेपालमा पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ । पछिल्लो २४ घण्टाम ३ हजार ३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या नै १ लाख ८२ हजार ९२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ । २४ घण्टामा थप ३८४४ संक्रमणमुक्त भएसँगै कोरोना जित्नेहरुको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । देशभरका संस्थागत आइसोलेसनमा ६ हजार ७८० जना र होम आइसोलेसनमा ३० हजार १३१ जना रहेका छन् । देशभर कोरोनाका गम्भिर बिरामीहरु समेत बढिरहेका छन् । ७८ जनाको भेन्टिलेटरमा र ३७९ जना संक्रमितको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

दुईवटा गैंडा मृत भेटिए
चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत लौखानीमा पोथी माउ र बच्चा गैंडा फेला परेका हुन । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बुधबार दिउँसो साढे १ बजे गस्ती गर्ने क्रममा माउ र बच्चा मृत अवस्थामा फेला परेको जानकारी दिनुभयो । भदौमा गोली लागेर मरेको गैंडा र यी दुई गैंडाको मृत्युको प्रकृति एउटै पाइएको छ । माउ गैंडाको खाग नभएकोले तस्करले लगेको आंशका गरिएको छ । चालु आर्थिक वर्षको भदौमा सोही स्थानमा तस्करको गोली लागेको अवस्थामा एउटा गैंडा मृत फेला परेको थियो । यो आर्थिक वर्षमा मात्रै ११ वटा गैंडाको मृत्यु भएको छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ गैंडा छन भने नेपालमा कुल ६४५ गैंडा रहेको सरकारी तथ्यांक छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6