Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभाईटिका भोलिपल्टबाट टुडिखेलको निशुल्क खाना बन्द, अभियन्ताले गरे यस्तो सम्झौता

भाईटिका भोलिपल्टबाट टुडिखेलको निशुल्क खाना बन्द, अभियन्ताले गरे यस्तो सम्झौता


काठमाडौँ महानगर क्षेत्रभित्रका विभिन्न सार्वजनिक र भिडभाड हुने स्थलहरूमा वितरण हुँदै आएको निःशुल्क खाना खुवाउने कार्य तिहारको भाइटीकाको भोलिपल्टबाट बन्द हुने भएको छ । महानगर र निःशुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच शुक्रबार भएको छलफलमा भाइटीका पछि खुलामञ्चमा खाना खुवाउने काम बन्द गर्ने सहमति भएको हो ।

लकडाउनपछि खुलामञ्चमा भोजन सेवा सञ्चालन गरिरहँदा कोभिड–१९ संक्रमण झन बढ्न सक्ने, स्वास्थ्यवद्र्धक वातावरण कायम नहुने र सामाजिक प्रतिष्ठामा समेत आँच आउन सक्ने कुरालाई मध्यनजर गर्दै महानगरपालिका र भोजन सेवा गराउँदै आएका संघ–संथाले खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्ने सहमति भएको छ । सहमति पत्रमा खुल्लामञ्चलगायतका सार्वजनिक खुला स्थानमा खाना खुवाउने कार्य बन्द गरी अन्य बन्द संरचना भित्र खाना खुवाउने प्रवन्ध मिलाउने भनिएको छ ।

सहमतिमा हाम्रो टिम नेपाल, मानवी क्रियटिभ एशोसियशन, लायन्स क्लव अफ काठमाडौँ न्यु ग्रिन सिटी, हाम्रो सानो प्रयास, हाम्रो सानो टिम नेपाल, गसिव क्वीन नेपाल, १०० ग्रुप पलगयतका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6