Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालीलाई सहयोग जुटाउन राज्य सरकारसंग सम्पर्क बढाउदै कुइन्सल्याण्डका महावाणिज्यदूत

नेपालीलाई सहयोग जुटाउन राज्य सरकारसंग सम्पर्क बढाउदै कुइन्सल्याण्डका महावाणिज्यदूत


ब्रिजवेन
कोरोना माहामारीका कारण समस्यामा परेका नेपालीलाई सहयोग जुटाउन कुइन्सल्याण्डका नेपाली महावाणिज्यदूत जोसेफ एन्थोनी टोमाले राज्य सरकारसंग भेटवार्ता बढाउन लागेको बताउनुभएको छ ।
नेपाल ट्युबसंग कुरा गर्दै महावाणिज्यदूत टोमाले कोरोनाका कारण खासगरी नेपाली विद्यार्थीहरु बेरोजगारी, मानसिक तनाव र आर्थिक अभाव जस्ता समस्याबाट गुज्रिएको भन्दै सहयोगका लागि राज्य सरकारसंग कुरा अघि बढाउन लागेको बताउनुभएको हो ।
राज्य सरकारबाट कस्तो सहयोगको अपेक्षा गर्नु हुन्छ त भन्ने प्रश्नमा टोमाले केही आर्थिक प्याकेज तथा मानसिक स्वास्थ्य शिविर संचालन सम्बन्धी कार्यक्रम गर्ने सहयोग मागिने बताउनुभयो ।
गर्मी बढिरहेकाले नेपाली विद्यार्थीले समुन्द्रमा डुबेर ज्यान गुमाउनुपर्ने स्थिती आउन नदिन समुन्द्री सुरक्षा सम्बन्धी तालिमको समेत आयोजना गर्नु महावाणिज्यदूतावास तयार रहेको टोमाको भनाई छ ।
ब्रिजवेनस्थित भ्यालीमा कार्यलय रहेको महावाणिज्यदूतले हाललाई मंगलबार र बुधबार बिहान ९ देखि दिउसो १ बजेसम्म मात्र सेवा दिदै आएको छ । कुइन्सल्याण्ड राज्यमा नेपालीको जनसंख्या बढिरहेकाले महावाणिज्यदूतावासको सेवा दिने समय पनि बढाउनुपर्ने माग स्थानिय रुपमा उठ्न थालेको छ । तर, महावाणिज्यदूतावासमा बजेट अभाव भएको तथा कर्मचारी पनि नभएकाले तत्काललाई सेवा समय बढाउन नसकिने टोमाको भनाई छ ।
व्रिजवेनस्थित महावाणिज्यदूतावासबाट नेपालको पर्यटन भिषा, पासपोर्ट र चालक अनुमति पत्र प्रमाणित तथा ट्राभल डकुमेन्ट जारी गरिने सेवा दिइन्छ । भिषा शुल्कबाट उठेको १० प्रतिशत रकम मात्र वाणिज्यदूतावासले खर्च गर्न पाउने र दूतावासबाट थप बजेट पनि नआउने भएकाले सेवा अवधी विस्तार गर्न नसकिने टोमाको दाबी छ । अहिले टोमा कार्यरत एक गैर नाफा मुलक संस्थाको एउटा कोठामा महावाणिज्यदूतको कार्यलय राखिएको छ ।

व्रिजवनस्थित नेपाली महावाणिज्यदूतको कार्यलय

समस्यामा परेका नेपाली महावाणिज्यदूतावासको सम्पर्कमा नआउने गरेको टोमाको अनुभव छ । थाहा नपाएर हो वा भाषा नमिलेर समस्यामा परेका कुइन्सल्याण्डका नेपाली महावाणिज्यदूतावासको सम्पर्कमा आउदैन टोमा अनुरोध गर्नुहुन्छ समस्या परे हामीलाई खबर गर्नुस् सकेको सहयोग गर्छौ ।
समुदायसंग घुलमिल बढाउन कुइन्सल्याण्डका नेपाली संघसंस्थासंग व्यापक छलफल गरिने तयारी रहेको पनि महावाणिज्यदूत टोमाले बताउनुभयो । सामाजिक संघसंस्थाले पनि महावाणिज्यदूतावाससंग सहकार्य गर्न आनाकानी गर्ने गरेको टोमाको गुनासो छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6